Author: Kavre Post

  • सामसङ ग्यालेक्सी A56 5G: नेपालमा प्रि-अर्डर खुला

    सामसङ ग्यालेक्सी A56 5G: नेपालमा प्रि-अर्डर खुला

    काठमाडौं । सामसङ नेपालले पहिलो पटक आफ्नो नयाँ ग्यालेक्सी A56 5G स्मार्टफोनको प्रि-अर्डर खुला गरेको छ। २१ मार्चदेखि २४ मार्च २०२५ सम्म (वा स्टक रहुञ्जेल) उपभोक्ताहरूले यस स्मार्टफोनलाई प्रि-अर्डर गरेर विशेष अफरहरूको लाभ उठाउन सक्नेछन्।

    पहिलो पटक ‘Awesome Intelligence’ सहितको AI अनुभव

    नयाँ ग्यालेक्सी A56 5G मा One UI 7 द्वारा सञ्चालित अत्याधुनिक AI टुलहरू छन्, जसले खोजी र भिजुअल अनुभवलाई नयाँ स्तरमा पुर्‍याएको छ। साथै, यसमा उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन, र उन्नत सुरक्षा विशेषताहरू उपलब्ध छन्।

    सामसङ नेपालको प्रतिक्रिया

    सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भन्छन्:

    “ग्यालेक्सी A श्रृंखलामा सामेल भएको नयाँ Awesome Intelligence ले हाम्रो ‘AI for All’ अभियानलाई अझ मजबुत बनाउँदैछ। हामी सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरू खुला गर्न पाउँदा उत्साहित छौं।”

    विशेष प्रि-अर्डर अफरहरू

    • NPR 2,000 तिरेर ग्यालेक्सी A56 5G प्रि-अर्डर गर्न सकिनेछ।
    • NPR 7,999 मूल्य पर्ने ग्यालेक्सी Fit 3, केवल NPR 3,999 मा प्राप्त गर्ने सकिने।
    • उपलब्ध भेरियन्टहरू:
      • 12GB RAM + 256GB स्टोरेज – MRP: NPR 70,999
      • 8GB RAM + 256GB स्टोरेज – MRP: NPR 65,999
    • रंग विकल्प: Awesome Graphite, Awesome Light Gray, Awesome Olive
    • पुरानो फोन साट्न सकिने:SabkoPhone’ र ‘ArkoStore’ मार्फत पुरानो फोन साटेर नयाँ ग्यालेक्सी A56 5G मा अपग्रेड गर्ने सुविधा।

    0% ब्याजदरमा EMI सुविधा

    सामसङ InstaFinance सेवा अन्तर्गत Hulas Finserve Higher Purchase Ltd. मार्फत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा 0% ब्याजदरमा EMI योजना उपलब्ध रहेको सामसङ नेपालले जानकारी दिएको छ । यस अफरमा सामेल हुनका लागि नेपाली नागरिकता प्रमाणपत्रको आवश्यकता पर्नेछ।

  • आगामी स्वास्थ्य बजेट निर्माणमा स्वास्थ्यमन्त्री पौडेलद्वारा रचनात्मक सुझाव आह्वान

    आगामी स्वास्थ्य बजेट निर्माणमा स्वास्थ्यमन्त्री पौडेलद्वारा रचनात्मक सुझाव आह्वान

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट तर्जुमा गर्ने कार्य अघि बढाएको छ । मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आगामी बजेटमा समेटिनुपर्ने प्राथमिकताका विषयमा विभिन्न तहमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ। यसै क्रममा स्वास्थ्यमन्त्री प्रदिप पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पोस्ट सार्वजनिक गर्दै बजेट निर्माणार्थ सर्वसाधारण जनतालाई सुझाव पेस गर्न आह्वान गरेका छन् । मन्त्रालयले क्युआर कोड स्क्यानपश्चात आउने गुगल फर्ममा आफ्नो सुझाव चैत १२ गते मंगलबारसम्म पेश गर्न मन्त्रालयले सूचित गरेको छ ।
    स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि प्राथमिकतामा पर्न सक्ने सम्भावित विषयहरूमा स्वास्थ्य सेवा पूर्वाधारको विस्तार, अत्यावश्यक औषधि तथा उपकरणको सुनिश्चितता, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्थापन, डिजिटल स्वास्थ्य प्रणालीको प्रवर्द्धन, महामारी रोकथाम तथा व्यवस्थापन, मातृ तथा शिशु स्वास्थ्य सुधार, मानसिक स्वास्थ्य सेवा विस्तार, र सर्वसुलभ स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने जस्ता विषय समेट्न स्वास्थ्य मन्त्री पौडेलको क्रियाशीलता बढेको हो ।
    यसैक्रममा, मन्त्रालयले सर्वसाधारण नागरिक, स्वास्थ्यकर्मी, नीति निर्माता तथा सरोकारवालाहरूको बहुमूल्य सुझाव संकलन गर्नका लागि डिजिटल प्रविधिको प्रयोग गर्ने निर्णय गरेको छ। आमनागरिकले स्वास्थ्य मन्त्रालयले तयार गरेको QR कोड स्क्यान गरी आफ्ना रचनात्मक सुझाव तथा प्रतिक्रिया पठाउन सक्नेछन्। प्राप्त सुझावहरूलाई विश्लेषण गरी नीतिगत तहमा समावेश गर्ने स्वास्थ्य मन्त्री पौडेलले जानकारी दिएका छन् ।
    स्वास्थ्य नीति तथा बजेट निर्माण प्रक्रियामा नागरिक सहभागिता आवश्यक रहेको भन्दै मन्त्रालयले सबैलाई आफ्नो अभिमत राख्न आग्रह गरेको छ। गुणस्तरीय, सुलभ र सर्वसुलभ स्वास्थ्य सेवा प्रवर्द्धन गर्नका लागि नागरिकको अमुल्य सुझाव आफूलाई महत्वपूर्ण हुने पौडेलले उल्लेख गरेका छन् ।
  • क्रोएसियामा नेपाली चलचित्र ‘होस्टेल ३’ प्रदर्शन हुँदै

    क्रोएसियामा नेपाली चलचित्र ‘होस्टेल ३’ प्रदर्शन हुँदै

    जाग्रेब । क्रोएसियामा नेपाली कथानक चलचित्र ‘होस्टेल ३’ प्रदर्शन हुने भएको छ । क्रोएसियास्थित नेपाली थकाली हाउससँगको सहकार्यमा चलचित्र प्रदर्शन हुन लागेको क्रोएसियाबाट बिनोद अधिकारीले जानकारी दिएका छन् ।

    यही २०२५ मार्च २३ गते आइतबारका दिन नेशनल युनिभर्सिटी सेस्भेटमा चलचित्र प्रदर्शन हुनेछ । चलचित्र बिहान ११ बजे, दिउँसो २:१५ बजे र साँझ ५:३० बजे गरि ३ शो प्रदर्शन गरिनेछ । चलचित्रको टिकट मुल्य १० युरो रहेको छ ।

    होस्टेल ३ को टिकट लालीगुराँस होस्टल, थोमश बार, बुद्ध मार्ट, सुदुरपश्चिम एक्सेसरिज, एयरिङ कलेक्सन र मार्केट बाँस्केट मार्फत प्रि बुकिङ गर्न सकिने साथै सोही दिन हल प्रवेश गर्नुअघि  टिकट लिन मिल्ने बताइएको छ ।

    क्रोएसियामा कामको शिलशिलामा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनीहरूको फुर्सदको समयलाई रोचक बनाउन, एक आपसमा सञ्चार, सहकार्य र भावनात्मक एकता बढाउन र स्कुले जीवनको अविष्मरणीय पलसम्म पुर्याउन चलचित्र सफल हुने आयोजकको विश्वास रहेको छ ।

    आवश्यक जानकारी यसै पोस्टर मार्फत प्राप्त गर्न सकिनेछ

    सशान कँडेल निर्देशित होस्टल ३ चलचित्र होस्टेल सिरिजको तेस्रो भाग हो । चलचित्रमा नव कलाकारहरू पारश बम(कुल ब्वाय), आशिष घिमिरे, सिम्रन पन्त, रिहान गिरी, पदम तामाङ र हेना नगरकोटी लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

    चलचित्रमा मुख्य आकर्षण कुल ब्वाय भनेर चिनिएका पारश बम र वेब सिरिजमा काम गरेकी हेना नगरकोटीको अभिनयलाई प्रशंसा गरिएको छ । त्यस्तै केदार घिमिरे (माग्ने बुडा) का सुपुत्र आशिष घिमिरेको पनि डेब्यु चलचित्र समेत हो ।

    होस्टल र यहाँ हुने गतिविधि केन्द्रित विषयमा दर्शकलाई बाँध्न कथावस्तु सफल रहेको बताइएको छ । युवा पुस्ताका भावनालाई समेट्दै प्रेम, द्वन्द्व र माया प्रेमलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । होस्टेलको यसअघिका सिरिज सफल मानिन्छन् । नयाँ कलाकारहरूलाई लिएर बनाइए पनि सुपरहिट चलचित्र पस्कदै आएको होस्टेल टिमले दर्शकलाई मनोरञ्जन र युवा मनलाई भावनात्मक र कलात्मक रुपले प्रस्तुत गर्न सफल रहेको बताइएको छ ।

    चलचित्र सम्बन्धी थप जानकारी +३८५ – ९७६६४४८५६ / +३८५ – ९५३९२८५६३ मा सम्पर्क गरि थप जानकारी लिन आयोजकले आग्रह गरेको छ ।

  • क्रोएसियामा ‘जेम्सी’ को धामाकेदार लाइभ कन्सर्ट हुँदै

    क्रोएसियामा ‘जेम्सी’ को धामाकेदार लाइभ कन्सर्ट हुँदै

    जाग्रेब । क्रोएसियामा नेपाली चर्चित र्यापर तथा पर्फमर जेम्सी (नोबेल बस्नेत) को भव्य लाइभ कन्सर्ट आयोजना हुने भएको छ। क्रोएसियास्थित सगरमाथा होस्टल र थोमश बार को संयुक्त आयोजनामा हुन लागेको उक्त कन्सर्टलाई विशेष बनाउन तयारी तीव्र पारिएको छ।

    टिभोर्निका कल्चर कन्सर्ट हल, जाग्रेब मा आयोजना हुने कार्यक्रममा विभिन्न संघसंस्थाको सहकार्य रहने आयोजकले जनाएका छन्। आगामी २०२५ अप्रिल २७ (नेपाली नव वर्ष २०८२ को अवसरमा) हुने कन्सर्ट साँझ ५ बजेबाट सुरु हुनेछ।

    यस विशेष सांगीतिक कार्यक्रममा जेम्सीसँगै बेलायतका चर्चित डिजे स्काजी, डि.ओ.पी. ब्याण्ड, साथै स्थानीय कलाकारहरूको दमदार प्रस्तुति रहने इभेन्ट म्यानेजर बुद्ध लामाले जानकारी दिएका छन् ।

    DOP Band
    डि.ओ.पी. व्याण्ड

    नेपाली र्याप गायनमा जेम्सी: नेपाली र्याप संगीतमा चर्चित जेम्सीले “आम्स्टर्डम”, “रौसी लाग्यो”, “थरिथरि” लगायतका लोकप्रिय गीतहरू गाएका छन्। अहिले युरोप संगीत यात्रा मा रहेका उनले क्रोएसियामा अप्रिल २७ का दिन विशेष प्रस्तुति दिनेछन्।

    यसअघि क्रोएसियामा आयोजित विभिन्न सांगीतिक कार्यक्रमहरूमा राजु लामा, सबिन राई, इन्दिरा जोशी, धुर्मुस-सुन्तली, प्रदीप लामा लगायतका कलाकारहरूले प्रस्तुति दिइसकेका छन्।

    आयोजकका अनुसार नेपाली कला र कलाकारलाई सम्मान गर्दै प्रवासमा रहेका नेपाली समुदायलाई जोड्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको हो। क्रोएसियामा रहेका नेपालीहरूका लागि मनोरञ्जन प्रदान गर्नुका साथै आपसी परिचय, सद्भाव र भाइचारा बढाउने अवसर समेत यो कन्सर्टले दिने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

  • तामाङ संघ दोलखाको अध्यक्षमा श्याम तामाङ

    तामाङ संघ दोलखाको अध्यक्षमा श्याम तामाङ

    अशोक बुद्ध लामा


    दोलखा । नेपाली कांग्रेस दलको भातृ संगठन  नेपाल तामाङ संघको जिल्ला अध्यक्ष  श्याम तामाङ  निर्विरोध निर्वाचित  भएका छन् । २०८१ चैत्र ०४ गते सम्पन्न प्रथम  भेलाले तामाङलाई सर्वसम्मत चयन गरेको हो ‌।

    तामाङको नेतृत्वमा ११ जना कार्यसमिति चयन भएको छ । उपाध्यक्ष सुक्लाल तामाङ  , तारा पाख्रीन, चयन भएका छन् यसैगरी , सचिवमा प्रेम  तामाङ, सह–सचिवमा कृष्ण तामाङ , दावा घिसिङ ,  कोषाध्यक्ष पशुपति तामाङ चयन भएका छन् । सदस्यहरुमा  ,शंकर  तामाङ , बिरबहादुर तामाङ , उर्मिला मोक्तान , चयन भएका छन् भने बाकी रहेको सदस्यहरु विभिन्न भूगोल क्षेत्र  बाट समाबेश गरिएका केन्द्रिय प्रतिनिधिहरूमा

    १)  लक्ष्मी कुमारी तामाङ

    २) कृपाश्रर  तामाङ

    ३) कुमार तामाङ औतारी

    प्रदेश (क) संयोजक: रामलाल तामाङ

    प्रदेश (ख ) संयोजक: राजु लामा

    नेपाली कांग्रेस पार्टीको दोलखा जिल्ला सभापति श्री  बर्मा लामाको प्रमुख अतिथ्यता र तामाङ संघका केन्द्रिय सदस्य बागमती प्रदेश संयोजक बिलाम मुक्तानको प्रतिनिधित्वमा भएको जिल्ला अधिबेशनमा अतिथि जिल्ला सचिव  लगायत पार्टीको जिल्ला पदाधिकारी क्षेत्रीय प्रदेश भात्री संगठनका नेताहरू सहभागिता रहेको थियो । प्रतिनिधि भने जिल्लाको सबै   स्थानीय तहका  तामाङ  प्रतिनिधिहरुको प्रतिनिधित्व रहेको थियो ।

    अधिबेशनमा प्रमुख अतिथि लामाले  तामाङ संघ कुनै जातीय संस्था होइन नेपाली कांग्रेस भित्र रहेको तामाङहरु लाई एकता गरि पार्टीलाई मजबुत बनाउन बनेको भातृ संस्था भएको बताए ।  यो संस्था तेत्तिकै प्राप्ति भएको होइन राणा कालिन कालमा तामाङलाई फासी दिएको थियो र थुप्रैपटक तामाङ समुदायको सन्त  नेता भिमबहादुर तामाङ जस्तै थुप्रै तामाङ नेताहरूको अगुवाइमा  गिरिजाप्रसाद कोइरालाले २०६३ सालमा भात्री संगठन घोषणा गरेका थिए । तामाङ संघ नेपाली कांग्रेस पार्टीमा  समावेशीकरणका पार्टी हो बिकास अथाह भएको छ प्रसार प्रचार नभएकाले  अब सबैले प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । देशमा सबै खालको ठुलो ठुला आन्दोलन नेपाली कांग्रेसको अगुवाइमा भएको तामाङले दाबी गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि बिलाम मुक्तानले  नेपाली कांग्रेस सबैभन्दा ठुलो समाजवादी राजनीतिक दल भएको बताए ।  कांग्रेस पार्टीले तामाङ समुदायलाई राम्रोसँग चिनेको छ, तामाङ नेपालको आदिवासी जनजाति समुदायमा तेस्रो र नेपालको पाचौं  ठुलो संख्यामा रहेको समुहका आदिबासी हुन नेपालको सबै जिल्लामा तामाङ  रहेता पनि मुख्यत  बागमती प्रदेशमा बसोबास गर्ने पहिलो जनसंख्या रहेको छ यस प्रदेशमा तामाङ १२ लाख १६ हजार ५सय१७ जना रहेका छन् ।

    दोलखा जिल्लामा  ३० हजार ४ सय ६८ तामाङको जनसंख्या छ  हामीले हाम्रो तामाङ जनसंख्याको हिसाबले राज्यको सबै तहमा पुग्नुपर्ने हो तर दोलखा जिल्लामा ११ सय ६८ जनसंख्या भएको गुरुङले चुनाव जित्ने ३० हजार भन्दा धेरै संख्यामा रहेको तामाङले चुनाव हार्ने यो बडो दु:खद कुरा हो  त्यसैले तपाई हामीले अबको आउने दिनहरूमा प्रजातन्त्रको लागि भएका विभिन्न सङ्घर्षमा समर्पित योद्धाहरुको संगठन, नेपाल तामाङ  संघमा सम्पुर्ण तामाङ हरुलाई गोलबद्ध गराई  तामाङ एकताको सन्देश दिनु आवश्यक रहेको बताए । अहिलेसम्मको उपलब्धि भनेको तामाङको प्रदेश मुख्य मन्त्री मात्र छन अबको योजना भनेको नेपाली कांग्रेस पार्टी संगठन लाई मजबुत बनाएर यो देश हाक्नु तामाङ नेतृत्व बनाउनेतर्फ लाग्नुपर्छ , देशलाई निकास दिएर विकासको पथमा हिँड्न कांग्रेसको विकल्प अरु पार्टी नभएको तामाङले तर्क गरे ।

  • देउरानी टिमले गर्याे पत्रकार बजगाईलाई सम्मान

    देउरानी टिमले गर्याे पत्रकार बजगाईलाई सम्मान

    काठमाडौं । सामाजिक तथा पारिवारिक कथामा आधारित धाराबाहिक श्रृखला (वेब सिरिज) देउरानीले गरिमामय १००औं भाग सफलताका साथ प्रवेश गरेको अवसरमा सञ्चारकर्मी नवराज बजगाईलाई विशेष सम्मान गरेको छ ।

    अनामनगर काठमाडौंमा आईतबार आयोजित कार्यक्रममा दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट कला, संस्कृती, साहित्य तथा समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको वेब सिरिज देउरानीका निर्देशक विष्णु रिजालले बताए । साहित्य, कला र वाङमय क्षेत्रका साथै सामाजिक क्षेत्रमा बजगाईले गरेको कार्यको निरन्तरताको लागि सम्मान प्रदान गरिएको वेब सिरिज देउरानीका निर्माता अर्पणा कार्कीले जानकारी दिईन ।

    बजगाईलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मिथिला शर्मा, जयकिशन बस्नेत, बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास पूर्व मन्त्री वसुन्धरा हुमागाई, अग्रज कलाकार, विष्णु सापकोटा, विद्या कार्की, देउरानीका लेखक निर्देशक विष्णु रिजाललगायतले सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी पुजन धिताल र देउरानीका कलाकारहरुलाई सम्मान गरिएको थियो ।

    प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जाल काभ्रेका सल्लाहकार, पत्रकार महासंघ काभ्रेका पुर्व उपाध्यक्ष, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन ।

  • सहयात्राको १८ औं स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    सहयात्राको १८ औं स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    पनौती । सहयात्रा देविस्थान बहुउद्देश्यीय सहकारी संस्था लि.को १८ औं स्थापना दिवसको अवसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। संस्थाको स्वास्थ्य उपसमितिको संयोजन तथा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित शिविरमा ४७१ जना स्थानीय बासिन्दाहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

    शिविरमा जेष्ठ नागरिक, महिला, पुरुष, बालबालिका साथै पनौती नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूको समेत स्वास्थ्य परीक्षण गरिएको थियो। स्थानीय समुदायलाई स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा आँखाको परीक्षण, नाक कान घाटी, दन्त सेवा, स्त्री रोग, बाल रोग, जनरल मेडिसिन लगायतका सेवाहरू प्रदान गरिएको थियो। साथै, भिडियो एक्सरे, ल्याब परीक्षण तथा ईसीजी सेवा पनि उपलब्ध गराइएको थियो ।

     

    २२ जना विशेषज्ञ चिकित्सकहरूको टोलीले सहभागीहरूलाई परामर्श सेवा प्रदान गरेको उक्त शिविरमा पनौती बोडिङ स्कुल, सरस्वती कुञ्ज बोडिङ स्कुल, अरुणोदय बोडिङ स्कुल, काभ्रे बोडिङ स्कुल, बालोद्धार मा.वि, र सिद्धार्थ बनस्थली इन्ष्टिच्यूट गरी ६ वटा विद्यालयका विद्यार्थीहरूको पनि स्वास्थ्य परीक्षण गरिएको थियो।

    कार्यक्रमलाई सफल बनाउन संस्थाका संचालक समिति, उपसमिति तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेले समुदायको स्वास्थ्य सेवामा योगदान पुर्‍याउन यस्ता शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए। सहकारी संस्थाका सचिव हरीशंकर तिमल्सिनाले यस्ता शिविरहरूले समयमा नै स्वास्थ्य समस्याको पहिचान गर्न मद्दत गर्ने बताए।

     

    संस्थाले यसअघि पनि विभिन्न सामाजिक तथा सदस्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाका प्रमुख व्यवस्थापक गौतम प्रजापतिका अनुसार सहयात्राले ‘बाजे बजै चौतारी कार्यक्रम’ र ‘सहकारी पसल क्रेडिट कार्ड सेवा’ समेत सञ्चालन गरिरहेको छ।

     

    स्थानीय बासिन्दाहरूले सहयात्राको यस सामाजिक उत्तरदायित्वलाई प्रशंसा गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्न अनुरोध गरेका छन्।

  • ऋण लगानी र असुलीका कानूनी प्रकृया तथा गैह्र वित्तीय सम्पत्ति व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

    ऋण लगानी र असुलीका कानूनी प्रकृया तथा गैह्र वित्तीय सम्पत्ति व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

    धुलिखेल । डाईनामिक रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको आयोजनामा ऋण लगानी र असूलीका कानूनी प्रकृया तथा गैह्र वित्तीय सम्पत्ति व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न भएको छ ।

    डाईनामिक रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको प्रोपाइटर तथा जिल्ला सहकारी संघ काभ्रेको निवर्तमान अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा धुलिखेलको होटल सारथीमा सम्पन्न भएको हो ।

    सहकारी क्षेत्रमा लामो अनुभव भएका शर्माले सहकारीका विभिन्न गतिबिधिमा निरन्तरता दिई सम्न्वयात्मक भुमिकामा रहि रहन यस्तो संस्था मार्फत गतिबिधिहरु गर्न लागेको बताए।

    हिजोका दिनहरुमा जिल्ला सहकारिको नेतृत्वमा रहि रहदा अभियानको सम्बन्ध बिस्तारलाई निरन्तरता दिई अभियानलाई पारदर्शी, जवाफदेहि र शुशासन सहित गुणस्तरीय संस्था संचालनको अबस्था सिर्जना गर्ने, सस्थालाई जे बिषय बस्तुको आवश्यकता छ उक्त कार्य यहीँ संस्था मार्फत पूरा गर्दै जिल्लाको अभियानको अभिभावकको भुमिका निर्बाह गर्ने कुरा उनले बताए ।

    अभियानमा कोहि न कोहिले सकारात्मक रुपमा सहयोग त गर्नै पर्छ नि भन्दै आफ्ना अनुभबहरु आदान प्रदान गर्ने संस्थाको रुपमा जिल्लामा डाईनामिक रिसर्च एन्ड डिभलपमेन्ट सेन्टर आइ सकेको र यो संस्थाले विभिन्न खालका काम गर्ने गरि कार्य गरिरहेको छ ।

    सहकारिका नीति, कार्यविधि लगायत स्थानिय तहहरुमा समेत प्राबिधिक विषयहरुमा सहयोग तथा परामर्श गर्ने सस्थाको लक्ष्य बताइएको छ । कार्यक्रम एक दिन रहेको र प्रशिक्षण निफ्स्कुनका कानुन सल्लाहकार शिव अधिकारिको सहजीकरणमा भएको हो भने उद्घाटन सत्रको संचालन ठाकुरनाथ अधिकारिले गरेका थिए भने तालिम जिल्ला भित्रका ३५ वटा सस्थाका ५० जना सहभागी रहेका थिए ।

  • भरतपुर कोइलाहा र रत्ननगर बैरियाका ८ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

    भरतपुर कोइलाहा र रत्ननगर बैरियाका ८ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

    चितवन । भरतपुर महानगरपालिका वडा नं.२६ कोइलाहास्थित श्री आधारभूत विद्यालयमा अध्ययनरत तीन जना र रन्तनगर नगरपालिका वडा नं.१० बैरियास्थित श्री बैरिया माध्यमिक विद्यालयमा अध्ययनरत पाँच जना गरि आठ जना जेहेन्दार,आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई इलामको कन्याम स्थायी घर भइ हाल:साइप्रसमा कार्यरत नेपाल तामाङ घेदुङ साइप्रसकी सक्रिय सदस्य,लोकेश्वर मिडिया सर्भिसकी संरक्षक एवं समाजसेवी गंगामाया ग्याबा तामाङले आफ्नो शुभ जन्म दिनको अवसरमा रु.२५ हजार बराबरको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री कपि,पेन,झोला,जुत्ता र विद्यालयलाई एक/एक थान फुटबल,भलिबल शुक्रबार विद्यालयमा हस्तान्तरण गर्नु भएको छ ।

     

    विद्यालय श्रोतकानुसार चितवन सेवा समाज साइप्रसका वरिष्ठ उपाध्यक्ष दीपक सिम्खडा,सचिव सुशील पोखरेल,सल्लाहकार जयन्ती अधिकारीले श्री आधारभूत विद्यालय कोइलाहाका तीन जना विद्यार्थी,विद्यालय र चितवन सेवा समाज साइप्रसका वरिष्ठ उपाध्यक्ष दीपक सिम्खडा,सल्लाहकार कविता भट्ट ढकालले श्री बैरिया मा.वि.बैरियाका पाँचजना विद्यार्थी,विद्यालयलाई स्टेशनरी सामग्री कपि,पेन,झोला,जुत्ता र फुटबल,भलिबल हस्तान्तरण गरिएको बताएका छन् ।

  • क्रोएसियामा चलचित्र ‘लाज शरणम’ प्रदर्शनमा आउने

    क्रोएसियामा चलचित्र ‘लाज शरणम’ प्रदर्शनमा आउने

    जाग्रेब । क्रोएसियामा नेपाली कथानक चलचित्र लाज शरणम प्रदर्शनमा आउने भएको छ । क्रोएसियास्थित बुद्ध मार्टको प्रस्तुतिमा चलचित्र प्रदर्शनमा आउने भएको हो । प्रवासी नेपालीबिच प्रदर्शन गर्न लागिएको चलचित्र २०२५ अप्रिल २० गते आइतबारको दिन प्रदर्शन गरिनेछ ।

    जाग्रेबस्थित ‘नेशनल युनिभर्सिटी सेसभेट’ मा प्रदर्शनमा आउने चलचित्र सेभेन सिज इन्टरनेशनल फिल्मसँगको सहकार्यमा बुद्ध मार्ट क्रोएसियाले प्रदर्शनमा ल्याउन लागेको हो । क्रोएसियामा रहेका नेपाली समुदायलाई नेपाली चलचित्र देखाउँदै नेपालको सांस्कृतिक, राजनीतिक र सामाजिक परिवेशसँग जोड्न र फुर्सदको समयलाई प्रभावकारी बनाउन चलचित्र प्रदर्शन गर्न लागिएको बताइएको छ ।

    चलचित्र प्रदर्शनको लागि क्रोएसियास्थित विभिन्न संघसंस्थाले सहकार्य गरेका छन् । नेपाली होस्टल डायमण्ड, थोमश बार, गोर्खा मार्ट, सभोर्जा, योञ्जन ट्राभल एण्ड टुर र मार्केट बास्केटले चलचित्र प्रदर्शनीमा सहकार्य गरेका छन् । चलचित्र हेर्नका लागि प्रति टिकट मुल्य १० युरो रहेको प्रदर्शक संस्थाले जानकारी दिएको छ ।

    चलचित्र प्रदर्शनको लागि सहकार्य गर्ने संघसंस्थाहरू

    चलचित्र लाज शरणम् बिहान ११:०० बजे, दिउँसो २:१५ बजे, साँझ ५:३० गरि ३ शो नै चल्ने चलचित्रको व्यवस्थापन पक्ष सम्हालिरहेका तिलक भट्टले जानकारी दिए ।

    कुमार कट्टेल (जिग्री) निर्देशित चलचित्रमा सिताराम कट्टेल (धर्मुश), विजय बराल, अर्पण थापा, महेश त्रिपाठी,  विजय लामा, सागर लम्साल (बले), अर्जनु घिमिरे (पाँडे), , प्रियाना आचार्य, रेणु योगी लगायतका कलाकारको अभिनय रहेको छ ।

    काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले चलचित्रको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु ………..’ प्रमोशन गीत गाएपश्चात उक्त चलचित्रको चर्चा चुलिएको थियो । चलचित्रमा कलाकार कट्टेलले पूर्वमन्त्री अफताव आलम जस्तै गेटअप तयार गरेपछि चलचित्र विरुद्ध मुद्धा समेत दायर भएको थियो । तर चलचित्रमा आपत्तिजनक दृश्य नभएको भनेपछि चलचित्र तोकिएकै मितिबाट प्रदर्शनमा आएको थियो ।

    लाज शरणम्’ चलचित्र जिग्री पाँडे टिम (जेपिटी क्रियसन) ब्यानरअन्तर्गत निर्माण गरिएको हो । चलचित्रको निर्माता नवीन श्रेष्ठ हुन् । सहनिर्माता सिर्जना खड्का र राम नरेश साह हुन् । चलचित्रमा सुदीप बरालको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

    क्रोएसियामा चलचित्रको टिकटको लागि उल्लेखित सहयोगी संस्थाहरू सम्पर्क गरि अग्रिम बुकिङ गर्न सकिने वा प्रदर्शन हुने दिनमा हल प्रवेश गर्नुअघि खरिद गर्न सकिने बताइएको छ ।