Category: स्थानीय खबर

  • सहज एवं वैज्ञानिक कृषि कर्मको लागि ड्रोनको परीक्षण

    सहज एवं वैज्ञानिक कृषि कर्मको लागि ड्रोनको परीक्षण

    पाँचखाल । पाँचखालमा कृषि कर्म सहज एवं वैज्ञानिक बनाउनका लागि ड्रोनको परीक्षण गरिएको छ ।

    पाँचखाल नगरपालिकासँग समन्वय गरी मुक्ती कृषि कम्पनीले पाँचखालको फाँटमा ड्रोनवाट औषधी, निमजन्य विषाधी, मल लगायत घुनलशिल पदार्थ छर्ने परीक्षण गरिएको हो ।

    १६ लिटर क्षमताको ड्रोनले एक पटकमा १६ रोपनी जग्गामा विषाधि छर्ने मुक्ती कृषि कम्पनीका प्राविधिक सागर पाण्डेले जानकारी दिए । यसलाई ‘अटोमेटिक’ रुपमा पनि सञ्चालन गर्न सकिने तथा नियन्त्रणमा राखेर पनि सञ्चालन गर्न सकिने पाण्डेको भनाई छ । पाण्डेका अनुसार सेन्सर सहितको यो ड्रोनलाई रुख, तारहरु भएपनि असर नपर्ने जानकारी दिए ।

    अटोमेटिक राख्दा पहिलानै चार किल्ला सेट गर्ने र त्यहि अनुसार मात्र निमजन्य विषाधि छर्नुपर्छ भने आफैले रिमोटबाट चलाउँदा ८ किलामिटरको दुरी सम्म विषाधि छर्न सकिने पाण्डेले जानकारी दिए ।

    परीक्षण कार्यक्रममा उपस्थित स्थानीय कृषक सरस्वती दाहाल अधिकारीले व्यक्तिले पम्प बोकेर हाल्नुपर्ने, एक रोपनीमै ४ पम्प सम्म हाल्नुपर्ने भएको जानकारी दिदै नयाँ प्रबिधिबाट हाल्दा समयको बचत, खेताला कम, पैसा कम पर्ने भएकोले सहजीकरणको लागि नगरपालिकाकालाई अनुरोध गरिन ।

    परीक्षणको अनुगमन गर्दै पाँचखाल नगरप्रमुख महेश खरेलले कृषिलाई यान्त्रीकरण गर्दै लैजाने प्रयास स्वरुप परीक्षणको रुपमा ड्रोनबाट औषधी, निमजन्य विषाधि र मल छर्कने कार्यको परीक्षण गरिएको जानकारी दिए । ‘पहिलो चरणमा सफल हुन्छ की हुँदैन भनेर परीक्षण गर्यौ, यसबाट कृषकको पक्षमा हुन्छ की हुँदैन, कृषकको स्वास्थ्यमा असर पर्छ की पर्दैन र आर्थिक रुपमा कृषकलाई कति बचत हुन्छ त्यसको अध्ययन गरेर नगरपालिकाले कृषकलाई सहयोग गर्ने बताए ।

  • नमोबुद्धका नगरप्रमुख लामाको पहिलो निर्णय : महिला र साना उद्यमीलाई सहुलियत

    नमोबुद्धका नगरप्रमुख लामाको पहिलो निर्णय : महिला र साना उद्यमीलाई सहुलियत

    भकुण्डे । नमोबुद्ध नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कुनसाङ लामाले नगरपालिकाभित्रका महिला उद्यमी तथा साना उद्यमीलाई सहुलियत दिने निर्णय गर्दै आफ्नो कार्यकाल सुरु गर्नु भएको छ । आज पद तथा गोपनीयताको सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै नगर प्रमुख लामाले पहिलो निर्णयको रुपमा स्थिर पुँजी पाँच लाख सम्म भएका लघु उद्यमहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण रुपमा छुट गर्ने निर्णय गरेका हुन् । यस्तै महिला उद्यमीको मात्र स्वामित्व रहने उद्योग दर्ता गर्दा लाग्ने दस्तुर पनि पूर्णरुपमा छुट गर्ने निर्णय लामाले गरेका छन् । यसैगरी  जेष्ठ नागरिक वर्ग, पूर्ण अशक्त वर्ग र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै सो वर्गलाई लक्षित गर्दै मासिक कार्यतालिका तयार गरी कम्तिमा महिनाको एक पटक दक्ष र विज्ञ जनशक्तिबाट घुम्ती स्वास्थ्य परिक्षण शिविर संचालनमा ल्याउने निर्णय पनि नगर प्रमुख लामाले गरेका छन् ।
    यसैगरी प्रचलित कानुन बमोजिम तोकिएका निम्न आयस्तर भएका र अति विपन्न वर्गहरुको निशुल्क स्वास्थ्य विमा कार्यक्रम क्रमश संचालन गरिदै लाने, पर्ण अशक्त वर्ग, वैकिङ सेवासम्म पुग्न नसक्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई भत्ता वितरण गर्ने वित्तीय संस्थाहरुसँग समन्वय र सहकार्य गरी सामाजिक सुरक्षा भत्ता वितरणको लागि स्थानीयस्तर र वडास्तरीयमा नै घुम्ती बैंकिङ सेवा उपलब्ध गराउने तथा नगरस्तरीय शैक्षिक छात्रवृत्ति कोष स्थापना गरी एक वटा एक कृषि प्राविधिक उत्पादन गर्न आवश्यक छात्रवृत्ति उपलब्ध गराउने निर्णय पनि नगर प्रमुख लामाले गरेका छन् । यी निर्णयलाई पहिलो कार्यपालिका बैठकबाट अनुमोदन गरी तत्काल कार्यान्वयनमा लगिने नगर प्रमुख लामाले बताए ।
    यसअघि आज बिहान नगर प्रमुख लामाले काभ्रेका मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईसँग जिल्ला अदालत धुलिखेलमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए । त्यसलगत्तै नमोबुद्ध नगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख लामाले नवनिर्वाचित उपप्रमुख रत्न लामा, ११ वटै वडाका वडाअध्यक्ष एवं वडा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । प्रतिनिधिसभा सांसद गंगावहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित उपप्रमुख, वडाअध्यक्ष एवं वडा सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको थियो । उनीहरुलाई नमोबुद्ध नगरपालिकाका निर्वाचन अधिकृत बिष्णु ज्ञवालीले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नमोबुद्ध नगरपालिकामा निर्वाचित भएर हालै कार्यकाल पुरा गरेका निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान पनि गरिएको थियो ।
    कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगावहादुर तामाङले चुनावी प्रतिवद्धताअनुसार काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिएका थिए । नवनिर्वाचित नगर प्रमुख कुनसाङ लामाले आफूहरुले चुनावका लागि मात्रै नभई विकासका लागि गठवन्धन गरेको र सबै दलसँगको सहमति र सहकार्यमा समृद्ध नमोबुद्धको सपना साकार पार्ने बताए । कुनै पनि पक्षसँग पुर्वाग्रह नराखी बुद्ध बचनलाई शीरमा राखेर आफूले काम गर्ने प्रतिवद्धता पनि उनले जनाए । कार्यक्रममा पूर्व राज्यमन्त्री सूर्यमान दोङ, संविधानसभा सदस्य एवं नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामा, मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराई, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेकपा एमालेको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार राजन भुर्तेल, राप्रपाबाट नगर प्रमुख पदका उम्मेदवार नवराज सत्याल, नेकपा एमालेबाट नगर उपप्रमुख पदका उम्मेदवार सम्झना लामा, नेकपा एसका जिल्ला सचिव दीपक गौतम, निवर्तमान नगर प्रमुख टिपी शर्मा तिमल्सिना, निवर्तमान उपप्रमुख रामदेवी तामाङ लगायतले मन्तव्य राखेका थिए । नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रम वातावरण अधिकृत सन्तोष काफ्लेले सञ्चालन गरेका थिए ।
  • पाँचखालको मेयरमा कांग्रेस, उपमेयरमा एमाले निर्वाचित

    पाँचखालको मेयरमा कांग्रेस, उपमेयरमा एमाले निर्वाचित

    पाँचखाल । पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सूर्यमाया दनुवार विजयी भएका छन् ।

    अघिल्लो कार्यकाल मेयर चलाइसकेका खरेलले नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीलाई पराजित गर्दै नगरप्रमुखमा पुनः निर्वाचित भएका हुन् । खरेलले १२ हजार ८ सय ३६ मत ल्याए भने अधिकारीले ८ हजार ११५ मत पाए । मेयर पदमा खरेल ४ हजार ७ सय २१ बढी मतले विजयी भएका हुन् ।

    त्यस्तै नगर उप—प्रमुखमा नेकपा एमालेकी सूर्यमाया दनुवार ९ हजार ५३४ मत ल्याएर विजयी भइन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार चेतप्रसाद गौतम (मणी) लाई ५२४ मत अन्तरले पराजित जित तय गर्न सफल भइन् ।

    पाँचखालको मतपरिणामसँगै काभ्रेमा सबै पालिकाको मतपरिणाम आइसकेको छ । १३ स्थानीय तह रहेका काभ्रेका पालिका प्रमुखहरूमा ७ पालिकामा कांग्रेस र ४ पालिकामा माओवादी केन्द्र विजयी भएका छन् । नेकपा एमाले र एकीकृत समाजवादीले १|१ पालिका प्रमुख जितेका छन् ।

    त्यसैगरी उपप्रमुखमा एमालेले ३ सिट, माओवादी केन्द्रले ४ सिट, नेपाली कांग्रसले ६ सिट जितेका छन् भने एकीकृत समाजवादीले कुनै पनि सिट हाँसिल गर्न सकेन ।

  • भुम्लुका नवनिर्वाचित अध्यक्ष भुजेलको पहिलो जनप्रेमी निर्णय

    भुम्लुका नवनिर्वाचित अध्यक्ष भुजेलको पहिलो जनप्रेमी निर्णय

    भुम्लु । भुम्लु गाउँपालिका नवनिर्वाचित अध्यक्ष प्रेम बहादुर भुजेलले भुम्लु बासी नागरिकहरुलाई प्राणघातक रोग मृगौला रोग, मस्तिष्क घात रोगहरुको नि:शुल्क उपचार गर्ने (फन्ड) कोषमा पहिलो हस्ताक्षर गरेर फाइल सदर प्रमाणित गर्नु भएको छ ।

    अब भुम्लुको नागरिकहरु उपचारको अभावमा अकालमा मृत्यु हुने दिन अन्त्य भएको घोषणा समेत नवनिर्वाचित अध्यक्ष  भुजेलले गर्नु भएको छ । अध्यक्षको पहिलो घोषणा नै निकै राम्रो काम भएको भन्दै भुम्लुको नागरिकहरुले खुसी ब्यक्त गरेको छन् ।

    त्यस्तै गाउँपालिका अध्यक्ष भुजेलले लालपुर्जा विहिन भुम्लु ७ र ८ भुम्लुटार फलाटे बन्देउका जनताहरुको लालपुर्जा समस्या समाधान गर्न उच्चस्तरीय पहलकदमी चाल्नु भएको बताइएको छ । भुम्लु गाउँपालिकाको लालपुर्जा विहिन भुम्लु ७ र ८ फलाटे भुम्लुटार बन्देउका जनता संग गरेको प्रतिबद्धता पूरा गर्न नेपाल सरकारको भुमी ब्यवस्था मन्त्री शशी श्रेष्ठसँग भुम्लु गाउँपालिका अध्यक्ष भुजेलले बिशेष भेटघाट तथा छलफल गर्नु भएको छ ।

    छिटोभन्दा छिटो लालपुर्जा समस्या समाधान गर्न भुम्लु गाउँपालिका र मन्त्रालयको मन्त्री शशी श्रेष्ठ साथै अन्य निकाय सँग  समन्वय गरेर जाने कुरा छलफल भएको स्रोतले  काभ्रे पोस्टलाई जानकारी दिएको छ ।

  • तेमालमा इन्द्रलाई पछि पार्दै चन्द्र विजयी, उपाध्यक्षमा पनि गठबन्धनको जित

    तेमालमा इन्द्रलाई पछि पार्दै चन्द्र विजयी, उपाध्यक्षमा पनि गठबन्धनको जित

    तेमाल । तेमाल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर लामा अध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यसैगरी उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका दलमान थोकर (डिएम ) विजयी भएका छन् ।

    अध्यक्षमा विजयी तामाङले ७ हजार ७७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रबहादुर तामाङले ५ हजार ८ सय ७० मत प्राप्त गरेका थिए ।

    त्यस्तै उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का थोकरले ६ हजार ५ सय ५१ मत प्राप्त गरि विजयी भइरहँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका सम्तेन थिङले ४ हजार ९ सय ५२ मत प्राप्त गरेका थिए ।

    तेमाल गाँउपालिकामा ९ वटा वडा रहेका छन् । जसमा नेपाली काग्रेसले ३, माओवादीले ४ वटा र एमालेले २ वटा वडा जितेको छ । विजयी उम्मेद्वारहरूमा तेमाल १ मा एमालेका इन्द्र अधिकारी, २ मा माओवादीका देवराज तामाङ, ३ मा काग्रेसका विष्णु बहादुर तामाङ, ४ मा एमालेका पेम्बा लामा, ५ मा माओवादीका हजार सिं लामा, ६ मा माओवादीका प्रेमबहादुर तामाङ, ७ मा काग्रेसका इन्द्रलाल तामाङ, ८ मा काग्रेसका तेमालसिं तामाङ र तेमाल ९ मा माओवादीका चन्द्रबहादुर लामा रहेका छन् ।

  • बेथानचोक गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक

    बेथानचोक गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक

    बेथानचोक । काभ्रेको बेथानचाेक गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । बेथानचोक गाउँपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

    स्थानीय तहको निर्वाचन २०७९ बाट बेथानचोक गाउँपालिकाको अध्यक्षमा भगवान अधिकारी रुख चिन्हबाट विजयी भएका छन् । गाउँपालिका उपाध्यक्षमा हसिया हथौडाबाट तारा राना मगर विजयी भएकी छन् ।

    नेपाली काँग्रेसका उम्मेदवार भगवान अधिकारीले ६ हजार १९ मत पाएर विजयी भए भने प्रत्याशी नेकपा एमालेका उम्मेदवार कमल प्रसाद तिमल्सिनाले ३ हजार १ सय ६० मत ल्याएका छन् ।

    त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मदेवार तारा राणा तिमल्सिनाले नकेपा एमालेका उम्मेदवार सरला लामिछाने केसीलाई ९ सय २५ मतले पछाडि पार्दै जित तय गरेकी हुन्। राणाले ४ हजार ४ सय ९८ र नेकपा एमाले उम्मेद्वार लामिछानेले ३ हजार ५ सय ७३ मत प्राप्त गरेका छन् ।

    बेथानचोक गाउँपालिकाको वडा अध्यक्षमा वडा नं. ५ मा बाहेक वडाध्यक्षमा कांग्रेस प्रतिनिधिहरूले जित निकालेका छन् । वडा नं. ५ का उम्मेद्वार राजकुमार वाइबा स्वतन्त्रबाट पुतली चुनाव चिन्ह लिएर चुनावमा होमिएका थिए ।

    अन्य निर्वाचित वडाध्यक्षहरूमा बेथानचोक गाउँपालिकामा वडा नं. १ मा मधुसुदन तिमल्सिना, वडा नं. २ मा पुरुषोत्तम तिमल्सिना, वडा नं. ३ मा कुबेर ढकाल, वडा नं. ४ मा कृष्ण बहादुर लामा, वडा नं. ५ मा राजकुमार वाईबा र वडा नं. ६ मा विष्णु तामाङ निर्वाचित भएका छन् ।

  • चौरीदेउरालीको अध्यक्षमा चौलागाईं र उपाध्यक्षमा तामाङ विजयी

    चौरीदेउरालीको अध्यक्षमा चौलागाईं र उपाध्यक्षमा तामाङ विजयी

    चौरीदेउराली । चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा रेनुका चौलागाई विजयी भएकी छिन् । नेकपा एमालेका उम्मेद्वार जित रामलाई पराजित गर्दै चौलागाईं विजयी भएकी हुन् ।

    रेनुका संविधान सभा सदस्य देखि काभ्रे जिल्लाकै पहिलो महिला गाउँपालिका अध्यक्ष बनेकी हुन्  ।उपाध्यक्षमा नेपाली काग्रेसका उमेदवार शेरबहादुर लामा निर्वाचित भए ।

    अध्यक्षमा चौलागाईले ६ हजार २२८ मत ल्याएर निर्वाचित हुंदा निकटतम प्रतिद्धन्दी नेकपा एमालेका जितराम लामाले ५ हजार ४ सय ६३ मत ल्याएका थिए ।

    उपाध्यक्षमा शेरबहादुर लामाले ७ हजार २ सय ९९ मत ल्याएर विजयी भए भने नेकपा एमालेकी उपाध्यक्ष पदकी उम्मेद्वार बबिता खरेलले ३ हजार ५ सय ४१ मत ल्याएकी छिन् ।

    स्वच्छ छवि भएकी चौलागाईं संविधान सभा सदस्य समेत हुन् ।

  • रोशी गाउँपालिकामा गठबन्धनका उम्मेद्वारहरू विजयी, एमालेको सम्मानजनक मत

    रोशी गाउँपालिकामा गठबन्धनका उम्मेद्वारहरू विजयी, एमालेको सम्मानजनक मत

    रोशी । काभ्रेको रोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वारहरूले वडामा जित एवं पालिकामा सम्मानजनक मत पाएका छन् ।

    गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिनेश लामा विजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका मिमबहादुर वाइवा (ज्वाला) विजयी भएका छन् ।

    रोशी गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार देवसागर लामालाई १ हजार १ सय ७६ मत बढी मतले पराजित गरेका हुन् ।

    अध्यक्षमा नेपाली कांग्रेसका उम्मदेवार लामाले ७ हजार ५ सय ३४ मत ल्याएका छन् भने उहाँका प्रतिस्पर्धी एमालेका देवसागर लामाले ६ हजार ३ सय ५८ मत ल्याएका छन् ।

    यस्तै उपाध्यक्षमा माओवादीका वाइवाले ६ हजार ६ सय ७२ मत ल्याएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेद्वार बबिता बोहोरालाई मात्र ७ सय २९ मतले पछि पारेका हुन् ।

    रोशी गाउँपालिकामा १२ वटा वडा रहेकोमा नेपाली कांग्रेसले ५, एमालेले ५ वटा र माओवादी केन्द्रले १ वडामा जित हाँसिल गरेको छ ।

  • काँक्रेमा बस दुर्घटना, चालक गम्भिर घाइते

    काँक्रेमा बस दुर्घटना, चालक गम्भिर घाइते

    नमोबुद्ध | काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित काँक्रेमा स्कुल बस दुर्घटना हुदाँ बस चालक गम्भीर घाईते भएका छन् ।

    नबप्रतिभा बोडिङ स्कुलको बस बा २ ख ६७४३ नम्बरको बस विद्यार्थी पुर्याइ फर्किने क्रममा काँक्रे जानेबाटोको मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

    दुर्घटनामा घाइते चालक अर्जुन अधिकारी अबस्था गम्भीर रहेको र उनलाई उपचारका लागि बनेपा स्थित शिर मोमोरियल अस्पताल ल्याईको जिल्ला प्रहरी कार्यालय काभ्रेको सुचना अधिकारी हरि खतिवडाले जानकारी दिए ।

  • धुलिखेल वडा नं. ७ मा रोमी प्रसाद व्याञ्जु निर्वाचित

    धुलिखेल वडा नं. ७ मा रोमी प्रसाद व्याञ्जु निर्वाचित

    धुलिखेल । धुलिखेल नगरपालिका वडा नं. ७ मा मा शिक्षासेवी, समाजसेवी रोमी प्रसाद व्याञ्जु श्रेष्ठ विजयी भएका छन् ।

    व्याञ्जु पटकको स्थानिय निर्वाचनमा पनि धुलिखेल नगरपालिका वडा नं ७ बाट भारी मतले बिजय भएका छन् ।

    ब्याजूले २०७४ को स्थानीय निर्वाचनमा झैँ राष्ट्रिय प्रजातन्त्रपाटीबाटै धुलिखेल वडा नं ७ को कुल खसेको मतको १ हजार ८ सय ४९ मत मध्ये ८ सय ५७ मत ले वडा अध्यक्ष पदमा बिजय हासिल गर्नुभएको हो ।