संविधान सभा सदस्य विदुर सापकोटाको निधन


बनेपा । संविधान सभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य विदुर सापकोटाको ५९ वर्षको उमेरमा निधन भएको छ। आज बिहान चावहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
सापकोटाले लामो समय नेकपा (एमाले) काभ्रेपलाञ्चोकको नेतृत्व गरेका थिए। २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा काभ्रे क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका उनी पछिल्लो समय नेकपा (एकीकृत समाजवादी) मा सक्रिय थिए।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय आलोकनगरमा केही समय राखिनेछ। त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेकपा (एकीकृत समाजवादी) ले जनाएको छ।
यसैबीच, पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्ज सापकोटाको निधनका कारण नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ। बैठक शुक्रबार बस्ने उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिएका छन्।