बागमती प्रदेश स्तरीय शैक्षिक प्रदर्शनीमा धुलिखेलको सेतिदेवी मावि प्रथम

बनेपा । बागमती प्रदेश स्तरीय शैक्षिक प्रदर्शनीमा धुलिखेल नगरपालिका वडा नम्बर २ को श्री सेतिदेवी माध्यमिक विद्यालय प्रथम भएको छ ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयद्वारा आयोजित प्रदर्शनीमा बागमती प्रदेशका १३ जिल्लाका विद्यालयहरु सहभागि भएका थिए ।
जिल्ला प्रथम हुन सफल भई प्रदेशस्तरीय प्रतियोगितात्मक शैक्षिक प्रदर्शनीमा भाग लिएका विद्यालयहरूमध्ये सेतीदेवी मा. वि., धुलिखेल, काभ्रेपलाञ्चोकले प्रथम स्थान प्राप्त गर्न सफल भएको हो । विद्यालयले सम्मानसँगै नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ ।
कार्यक्रम २०८१ माघ १४ गते हेटौडा स्थित श्री आधुनिक राष्ट्रिय मा. वि. मा आयोजना भएको थियो । बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका विद्यालयहरूमध्ये सर्वोत्कृष्ट हुन सफल भएकोमा विज्ञान शिक्षक समाज नेपाल, काभ्रेपलाञ्चोकले विद्यालय र प्र. अ. राजकुमार सारु मगर नेतृत्वलाई बधाई समेत दिएको छ ।
बाग्मती प्रदेश स्तरीय शैक्षिक सामाग्री प्रदर्शनी मेलामा काभ्रेपलाञ्चोक जिल्लालाई प्रतिनिधित्व गर्दै सेतिदेवी मा.वि.ले जिल्लालाइ नै पहिलो पटक ऐतिहासिक जित दिलाउन सफल भएको हो ।
यस सफलतामा विद्यालयले सम्पुर्ण विद्यालय परिवार, धुलिखेल नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलान्चोक, अहोरात्र खटिएका मेहनती विद्यार्थी तथा शिक्षक स्टाफहरुलाई बधाइसँगै धन्यवाद व्यक्त गरेको छ ।
धुलिखेल-२ रविमा रहेको विद्यालयका प्र. अ. मगर विज्ञान शिक्षक समाज नेपाल काभ्रेपलाञ्चोकका जिल्ला सदस्य समेत हुन् । विद्यालयले यसअघि जिल्लास्तरिय प्रतियोगितामा प्रथम हुँदै प्रदेश स्तरिय यात्रा तय गरेको थियो ।