सञ्चारकर्मी गौतमद्वारा आर्सु स्मृति प्रतिष्ठानको समन्वयमा फुटबल खेलाडीलाई जर्सी हस्तान्तरण


बनेपा । काभ्रे प्रेसका सञ्चालक तथा सञ्चारकर्मी अरबिन्द्र गौतमले आफ्नो वैवाहिक वार्षिकोत्सवको अवसरमा आर्सु स्मृति प्रतिष्ठानको समन्वयमा फुटबल खेलाडीलाई सहयोग गरेका छन्। २८६१औँ सोनाम ल्होसारको अवसरमा खानीखोला गाउँपालिका वडा नं. ४ मा आयोजना हुने फुटबल प्रतियोगिताका लागि गौतमले खानीखोला गाउँपालिका वडा नं. ६ का खेलाडीहरूलाई १५ सेट जर्सी हस्तान्तरण गरेका हुन् ।
स्थानीय खेलकुदको प्रवर्द्धन गर्न, स्थानीय युवाहरूको ऊर्जालाई खेलकुद मार्फत प्रवर्द्धन गर्न खेलाडीहरूलाई आवश्यक सामग्री उपलब्ध गराइएको गौतमले बताए।
जर्सी वितरण कार्यक्रममा आर्शु स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष रुपेश काफ्ले, समाजसेवी सामाजिक अभियन्ता तथा युवा नेता राजन अधिकारी, स्थानीयवासी, खेलप्रेमी र आर्शु स्मृति प्रतिष्ठान नेपालका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।
यो सहयोगले खेलकुद गतिविधिमा सहभागी खेलाडीहरूलाई थप उत्साहित बनाउने विश्वास लिइएको छ। स्थानीय स्तरमा यस्ता कार्यक्रमहरूले खेलकुदको विकास र खेलाडीहरूको मनोबल बढाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।