Tag: काठमाडौं महानगरपालिका

  • सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै राप्रपालाई काठमाडौं महानगरको १ लाख जरिवाना

    सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै राप्रपालाई काठमाडौं महानगरको १ लाख जरिवाना

    काठमाडौं। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको र फोहोरमैला व्यवस्थापन नियम उल्लंघन गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना तिर्न पत्र काटेको छ।

    २०८१ फागुन २५ गते पार्टी कार्यालयबाट आयोजित र्याली कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा, गौशाला क्षेत्रका सडक, आईल्याण्ड, रेलिङ तथा बिरुवामा क्षति पुर्याउनुका साथै जथाभावी फोहोर फालेर वातावरण प्रदूषित गरेको भन्दै महानगरले कारबाही प्रक्रिया अघि बढाएको हो।

     

    काठमाडौं महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७, तथा आर्थिक ऐन, २०८१ को आधारमा जरिवाना तोकेको जनाएको छ।

    नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जारी गरेको पत्रमा निर्वाचन आयोग र प्रशासन विभागलाई समेत बोधार्थ पठाइएको छ।

    राप्रपाले यसबारे अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन।

  • विद्यालय शिक्षा सुधारका लागि शैक्षिक मेला: उत्तरदायी नागरिक उत्पादन महानगरको लक्ष्य

    विद्यालय शिक्षा सुधारका लागि शैक्षिक मेला: उत्तरदायी नागरिक उत्पादन महानगरको लक्ष्य

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘गरिखाने शिक्षा महानगरको ईच्छा’ नारालाई सार्थक बनाउँदै शैक्षिक मेला सम्पन्न गरेको छ । 

    महानगर मातहतका सामुदायिक विद्यालयबाट नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेका ज्ञान र सिपहरुको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।

    कार्यक्रम विद्यार्थीमा प्रभाव र सिकेका ज्ञान बाँड्नका लागि कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । कामपाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा मेला आयोजना गरेको हो।

    सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले शैक्षिक सत्रको अन्त्यमा सैद्धान्तिक विषयको लिखित परीक्षा भएजस्तै व्यवहारिक र प्रयोगात्मक कक्षाहरुको नतिजा हेर्ने प्रयोजनको लागि मेला आयोजना गरिएको जानकारी दिनुभयो ।

    सुनिता डंगोल उपमेयर काठमाडौं

    मेलामा विद्यार्थीहरू पारेका वस्तुहरूको अवलोकन हेर्दै काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलशैक्षिक मेलाको उद्घाटन महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बालमैत्री शिक्षण सिकाइबाट असल र सफल नागरिक उत्पादनमा महानगरपालिकाको जोड दिएको बताउनुभयो । 

    मेलामा शिक्षा सुधार बाबको शिक्षा, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षक क्षमता विकास समावेशका कार्यक्रमको बिम्बामा समेटिएका छन्। मेला शिक्षाका लागि महानगरपालिकाको सहरी योजना आयोग, विभाग, स्रोत प्रधानाध्यापक र अध्यापक र शिक्षकलाई सहजीकरण गरिएको थियो ।

    प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थी नृत्य, अभिनय, नाट्य, संवाद माध्यमबाट नविनतम सिकाइ गतिविधि प्रदर्शन थिए । बुक फ्री फ्राइडे भित्रका ३५ दृश्य उपसमूहका स्टल रुचि र नतिजा प्रदर्शित थिए । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी तथा विदेशी पाहुनाकालाई अवलोकनका लागि निमन्त्रणा गरिएको थियो । 

    महानगरपालिका भित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ संस्थागत विद्यालय २ लाख १० हजार ९३४ जना विद्यार्थी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय शिक्षाको विकास, स्तरोन्नति र उच्च अभिवृद्धि उद्देश्यले महानगरपालिकाले शिक्षामा आधारित लगानी बढाएको छ । जसबाट बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शिक्षण सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धिको विश्वास लिइको छ । थप शिक्षा सिकाइमा प्रविधि सूचनाको प्रयोग, बुक फ्री फ्राइडे (एकीकृत सिकाइ, निर्माणात्मक सिकाइ र शिक्षामा सिप), टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । 

  • काठमाडौं महानगरपालिका शिक्षा बिभाग प्रमुखमा गोबिन्द प्रसाद शर्मा

    काठमाडौं महानगरपालिका शिक्षा बिभाग प्रमुखमा गोबिन्द प्रसाद शर्मा

    काठमाडौं । काठमाडौं महानगरपालिकाकाले शिक्षा बिभागको बिभागीय प्रमुख (शिक्षा अधिकारी) मा शिक्षा बिज्ञ गोबिन्द प्रसाद शर्मा नियुक्त हुनुभएको छ।

    काठमाडौं महानगर पालिका शिक्षा बिभागमा रिक्त रहेको बिभागगीय प्रमुखमा आजै शर्मालाई नियुक्त गरी हाजिर हुनुभएको हो।

    शिक्षा मन्त्रालय , शिक्षा बिभाग, चिकित्सक शिक्षा आयोग, कागेश्वरी मनोहरा नगर पालिकामा शिक्षा महाशाखा प्रमुख रहि शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएका शर्माले महानगरका सामुदायीक बिद्यालयको शिक्षा क्षेत्रमा महानगरको अपेक्षा बमोजिमको कार्य सफलता हासिल गर्नुहुनेछ भन्ने अपेक्षा सबै सामुदायिक र निजी बिद्यालयहरुले राखेका छन।

  • मनकारी ब्यक्ति राजोपाध्यायले गरे जुत्ता मोजा बितरण

    मनकारी ब्यक्ति राजोपाध्यायले गरे जुत्ता मोजा बितरण

    काठमाडौं । प्रजातान्त्रिक सेनानी स्व. मुकुन्द राज राजोपाध्यायको स्मृतिमा अष्ट्रेलिया बसोवास गर्दै आउनुभएका उहाँका नाति दिमन राज राजोपाध्यायको सहयोगमा काठमाडौं महानगर पालिका- २५ स्थित श्री कृष्णमन्दिर आधारभूत बिद्यालयमा अध्ययनरत २ सय भन्दा बढी बिद्यार्थी भाइबहिनीहरुलाई जुत्ता मोजा बितरण गरिएको छ।

    Kathmandu metro Krishna mandira school

    नेपाल महिला संघ केन्द्रिय सल्लाहकार सिर्जना सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिंहले आफ्ना हजुरबुबाको स्मृतिमा मनकारी मन भएका ब्यक्ति दिमन राज राजोपाध्यायले सामुदायिक बिद्यालयमा पढने आर्थिक अवस्था कमजोर भएका अभिभावकका छोराछोरीहरुलाई यो जाडोको मौसममा जुत्ता मोजा बितरण गरेरे पुन्यको काम गर्नुभएकोमा उहाँप्रती धन्यवाद व्यक्त गर्नुभयो।

    काठमाडौंको केन्द्रमा रहेको यस सामुदायिक बिद्यालयमा बिद्यार्थी उपस्थिति उत्साहजनक रहेको पाउदा खुशी लागेको बताउदै सिंहले अधिकाम्स गरिव परिवारका छोराछोरी पढ्ने यस बिद्यालयलाई आफुले पनि सहयोग गर्ने बताउनु भयो।

    कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा बिभागका प्रतिनिधि एवं स्रोत शिक्षक कमल भट्टले निम्न बर्गिय परिवारका बालबालिका पढने सामुदायिक बिद्यालयलाई छनौट गरेर आफू बिदेशमा रहेर पनि आफ्ना हजुरबुबाको स्मृतिमा जाडोको मौसममा बालबालिकाहरुलाई जुत्ता मोजा बितरण गर्नु भएकोमा कामपा शिक्षा बिभागको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

    आधारभूत तह ५ कक्षा सम्म यति धेरै बिद्यार्थी भर्ना गराएर शिक्षा दिलाउन बिद्यालय ब्यवस्थापन समिती, शिक्षकहरुले पक्कै पनि अग्रनी भुमिका खेल्नुभएको छ। त्यस प्रती पनि आभार व्यक्त गर्दै बिद्यालयको उन्नति र प्रगतिका लागि स्रोत शिक्षकको नाताले आफू र कामपा शिक्षा बिभाग को सहयोग यस बिद्यालयलाई रहने बताउनुभयो।

    कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष एवं कामपा २५ वडा अध्यक्ष राजेश डंगोलले मनकारी ब्यक्ति दिमन राज राजोपाध्यायले बिद्यालयलाई माया गरेर बिद्यार्थी भाइबहिनीहरुलाई जुन सहयोग उपलब्ध गराउनुभयो त्यसका लागि बिद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। बिद्यालयलाई अझ राम्रो बनाउन आवश्यक भौतिक सुधार गरेर अगाडी बढाउन आफुले भुमिका निभाउने अध्यक्ष डंगोलले बताउनु भयो।

    कार्यक्रममा काठमाडौं महानगरपालिका २५ नं. वडा जनप्रतिनिधि, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ अभिभावक लगायतको उपस्थिति रहेको थियो।

  • महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

    महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

  • कामपाको सहायता कक्षमा दोभासे

    कामपाको सहायता कक्षमा दोभासे

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ । बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर कामपाले यस किसिमको व्यवस्था गर्न लागेको बताएको छ । नागरिकलाई समावेशी र पहुँचयुक्त सरकारको प्रत्याभूति गर्न हामीले सामाजिक क्षेत्रका कार्यक्रममा विशेष प्राथमिकता दिएका छौँ,” कामपाको सामाजिक समिति संयोजक रामकुमार केसीले भने । उनका अनुसार साङ्केतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले कामपाको सेवाबाट वञ्चित हुन नपरोस् भनेर यस किसिमको व्यवस्था गर्न लागिएको हो । कार्यालयमा उपलब्ध हुने यो सेवासँगै आवश्यकताका आधारमा लक्षित वर्गलाई साङ्केतिक भाषाको तालिम पनि उपलब्ध गराउने संयोजक केसीले जानकारी दिनुभयो ।

    त्यस्तै कामपाले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि ८ सम्म व्यावहारिक/प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक सङ्घसंस्थालाई विद्यालयमा सूचीकृत हुन आग्रह गरेको छ । इच्छा भएका सङ्घसंस्थालाई यही पुस ११ गतेभित्र सूचीकृत हुन आग्रह गरेको कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले जानकारी दिनुभयो । प्रमुख कोइरालाले भने, “विद्यार्थीलाई हरेक शुक्रबार केही नयाँ ज्ञान दिने उद्देश्यसहित विद्यालयमा तालिम प्रदायक सङ्घसंस्थालाई सूचीकृत हुन आग्रह गरिएको हो ।”

    कामपाले आफ्नो क्षेत्रमा सञ्चालित मध्येका ८१ वटा सामुदायिक विद्यालयमा गत वैशाख १२ गतेदेखि पुस्तक रहित शुक्रबार कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत हरेक शुक्रबार किताबमा भएकाभन्दा फरक र व्यावहारिक ज्ञान दिएर बालबालिकालाई शिक्षा दिनु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।

    चालु आर्थिक वर्षमा शिक्षाको लागि जम्मा रु १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरेको कामपाले शिक्षामा सीप कार्यक्रमको लागि छुट्टै बजेटको व्यवस्था गरेको छ । कामपाको मागअनुसार सूचीकृत हुने सङ्घ संस्थाले चालु आवको अन्त्यसम्म बिदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबार शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार छ घण्टाको कक्षा हुनेछन् ।

  • चाडपर्वका नाममा पोशाक किन्न बाध्य पारे कारबाही गरिने

    चाडपर्वका नाममा पोशाक किन्न बाध्य पारे कारबाही गरिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्वका नाममा बिद्यार्थीहरुलाई पोशाक किन्न बाध्य पारे कारबाही गरिने चेतावनी दिएको छ । विद्यालयहरूले नियमित पोशाकभन्दा बाहेक अन्य चाडपर्वका नाममा विभिन्न पोशाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि महानगरपालिकाले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

    महानगर शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालयले अन्य पोशाक किन्न बिद्यार्थी अभिभावकलाई बाध्य पार्न नमिल्ने बताउनु भयो। ‘नियमित पोशाकमा एकरुपता ल्याउन विद्यालयले व्यवस्था गर्न सक्छ । तर त्यसबाहेक अन्य पोशाकका लागि विद्यार्थीलाई बाध्य पार्न नमिल्ने उहाको भनाई छ ।

    महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको पाइए महागनरपालिकाको शिक्षा ऐन, २०७५ बमोजिम कारबाही गर्ने जनाएको छ । साथै, त्यस्तो गरेको थाहा पाए महानगरपालिकालाई जानकारी गराउन समेत सूचित गरेको छ । क्रीसमस नजिकिदै गर्दा नियमित पोशाक बाहेक अतिरिक्त पोशाकमा बिद्यालय आउन कतिय बिद्यालयहरुले बिद्यार्थीहरुलाई बाध्य पार्दै आएका छन।

  • २९ औँ महानगर दिवसको अवसरमा शिक्षामा विविध कार्यक्रम

    २९ औँ महानगर दिवसको अवसरमा शिक्षामा विविध कार्यक्रम

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो २९ औँ महानगर दिवसको अवसरमा शिक्षा विभागको आयोजनामा विविध कार्यक्रमहरु सम्पन्न गरिरहेको छ । काठमाडौं महानगरपालिका शिक्षा विभागको आयोजनामा महानगरपालिका अन्तर्गत कार्यरत शिक्षकहरुको लागि मेरो सपनाको महानगर’ शीर्षकमा कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३२ जना शिक्षकहरुले सहभागिता जनाएका थिए । निर्णायक मण्डलबाट कविताको भाव, भाषा, शुद्धता र प्रस्तुति शैलीलाई आधार मान्दै १५० पूर्णाङ्कमा मुल्याङ्कन गरिएको थियो ।

    प्रतियोगितामा सहभागिमध्येबाट १२७ अंक सहित प्रथम भ्याली भ्यु स्कुलका शिक्षक योगराज पाण्डेले नगद रु.१५ हजार, प्रमाणपत्र, ११४ अंकसहित द्धितिय हुने जनकल्याण माविका शिक्षक रमा घिमिरेले नगद रु.१० हजार, प्रमाणपत्र, १११ अंकसहित तृतीय हुने संस्कृत मावि रानीपोखरीका शिक्षक माधव लामिछानेले नगद रु.७ हजार, प्रमाणपत्र र १०९ अंकसहित सान्त्वना स्थान हाँसिल गर्ने सहयोगी पाठशालाका गोपाल बहादुर राणाले नगद रु.५ हजार, प्रमाणपत्र प्राप्त गरेका छन् ।

    प्रतियोगि शिक्षकहरुको मुल्याङ्कन प्रा.डा. देवी नेपाल, शिक्षा विभागका निर्देशक डा. गणेश प्रसाद भट्टराई र डा. रजनी ढकालले गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं महानगरपालिका शिक्षा अधिकारी सिताराम कोइरालाले शिक्षकहरुको सिर्जनशील क्षमताको विकास गर्न यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

    कार्यक्रममा सहभागि विद्यालयका शिक्षक एवं स्रोता विद्यार्थीहरुलाई शिक्षा अधिकारी कोइरालाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । यसैगरि महानगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि क्षेत्रीय स्तरका ‘आधुनिक प्रविधिको प्रयोग वरदान कि अभिशाप’ शीर्षकमा आधारभूत र माध्यमिक तहमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । मंसिर २१ गते भएको क्षेत्रीय स्तरको आधारभूत र माध्यमिक तहको वादविवाद प्रतियोगिता जनप्रभात मावि केन्द्र, गुह्येश्वरी मावि केन्द्र, तरुण मावि केन्द्र, पद्मकन्या विद्याश्रम मावि केन्द्र र पशुपति मित्र मावि केन्द्रमा सम्पन्न भएका छन् । पाँचओटै केन्द्रमा भएको प्रतियोगितामा आधारभूत तथा माध्यमिक तहमा प्रथम, द्धितिय र तृतीय भएका विद्यार्थीहरुलाई क्रमशः नगद रु.१० हजार, नगद रु.७ हजार, नगद रु.५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

    पाँचवटै क्षेत्रीय विद्यालयहरुबाट उत्कृष्ट छनौट भएका आधारभूत र माध्यमिक तहका १५–१५ जना प्रतियोगि विद्यार्थीहरुको वादविवाद प्रतियोगिता शिवपुरी मावि, महाराजगञ्जमा सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने विद्यार्थी भाइबहिनीहरुलाई जनही रु.१५ हजार, रु.१० हजार, ७ हजार र रु.५ हजार नगद प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
    शिवपुरी माविका प्रधानाध्यापक प्रकाश सुवेदीको अध्यक्षतामा भएका दुवै कार्यक्रमको सहजीकरण काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकृत मोतिप्रसाद भट्टराई र लक्ष्मी अधिकारीले गर्नुभएको थियो ।

    २९ औँ महानगर दिवसकै अवसरमा शिक्षा विभागको आयोजनामा मंसिर २६ गते कन्या मन्दिर मावि न्यौखामा महानगरमा कार्यरत महिला शिक्षकहरुको म्युजिकल चियर प्रतियोगिता र आधारभूत तह कक्षा (६–८) मा अध्ययनरत छात्राहरुको चम्चादौड प्रतियोगिता आयोजना हुने शिक्षा अधिकृत भट्टराईले जानकारी दिनुभयो । प्रतियोगितामा प्रत्येक विद्यालयबाट एक महिला शिक्षक र आधारभूत तह कक्षा (६–८) का १–१ जना छात्रालाई सहभागि गराउन शिक्षा अधिकृत भट्टराईले सूचना जारी गर्दै अनुरोध गरेका छन् ।

     

  • महानगरका सामुदायिक बिद्यालय सुधारका लागि प्र.अ. गोष्ठी

    महानगरका सामुदायिक बिद्यालय सुधारका लागि प्र.अ. गोष्ठी

    काठमाडौं । शिक्षा बिकास तथा समन्वय ईकाई काठमाडौंको आयोजना एवं काठमाडौं महानगर शिक्षा बिभागको संयोजनमा महानगर भित्रका ७९ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुको सहभागितामा सामुदायिक बिद्यालय सुधारका प्रयास, नीति तथा कार्यक्रम र भावी कार्यदिशा बिषय एक दिने गोष्ठी सम्पन्न भएको छ।

    कार्यक्रमको पहिलो सत्रमा काठमाडौं महानगर पालिका शिक्षा बिभागका बिभागिय प्रमुख सीता राम कोइरालाले काठमाडौं महानगर पालिकाले सामुदायिक बिद्यालयलयको बृहत्तर सुधारका लागि बिद्यालय गौरवका योजना र सुन्दर बिद्यालय कार्यक्रम लागू गरिसकिएको बताउनु भयो।

    प्रधानाध्यापकहरुलाई प्रशिक्षण दिदै शिक्षा अधिकारी कोइरालाले कार्यक्रमको कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी प्रअहरुको भएकाले प्रअहरुको भुमिका महत्त्वपूर्ण रहने बताउनुभयो। “गरि खाने शिक्षा महानगरको ईच्छा” नारालाई सार्थक बनाउन गौरवका योजना ३ वर्षे र सुन्दर बिद्यालय कार्यक्रम १ वर्ष भित्र पूरा गर्ने लक्ष्य महानगरले लिएको बताउनुभयो।

    हाल महानगरका सामुदायिक बिद्यालयमा ३५ हजार बिद्यार्थीहरु अध्यनरत रहेकोमा बि. स.२०८४ सम्ममा महानगरका सामुदायिक बिद्यालयमा सो संख्या ९० हजार पुर्याउने र त्यसका लागि भौतिक सुधार देखि आवश्यक सबै पुर्वाधार महानगरले बनाइसक्ने बताउनु भयो।

    महानगरको नयाँ सोच अन्तरगत सुन्दर बिद्यालय, शिक्षामा सीप, सामुदायिक सिकाई केन्द्रको क्षमता बिकास, सूचना तथा संचार प्रविधिको बिकास र कार्यान्वयन,साक्षर महानगर साक्षर काठमाडौं सुनौलो अवकाश कार्यक्रम लागू गरिसकिएको शिक्षा अधिकारी कोइरालाले जानकारी दिनुभयो।

    शिक्षामा सुधारको थालनी अन्तरगत स्रोतकेन्द्रगत प्राबिधिक सहयोग र अनुगमन,मोबाइल शिक्षकको ब्यवस्था, बिद्यार्थी अभिलेख ब्यवस्थापन तथा निरन्तर मुल्यांकन, दरवन्दी मिलान, कक्षा कोठामा तालिमको प्रयोग, बिद्यार्थी सरसफाइ एवं परिचालन, मुल्यांकन प्रणालीमा सुधार लगायत धेरै कार्यहरु तदारुकताका साथ लागू गरिने बताउनु भयो। शिक्षा नीति अन्तरगत स्थानीय शिक्षा योजना, सुशासन पारदर्शीता, उत्तरदायित्व र उत्प्रेरणात्मक कार्यक्रम अगाडि बढाइने शिक्षा अधिकारी कोइराले प्र.अ.हरु माझ बताउनु भयो।

    कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख नन्दलाल पौडेलले सामुदायिक बिद्यालय सुधारका लागि काठमाडौं महानगर पालिकाले चालेका कदमलाई पुर्णता दिन सामुदायिक बिद्यालयका प्रअ, शिक्षक, बि.ब्य.स. , शिक्षक अभिभावक संघ, बिद्यार्थी, अभिभावक, समुदाय सबै मिलेर सामुदायिक बिद्यालयको गुणस्तर वृद्धिका लागि लागि पर्नुपर्ने बताउनु भयो। राम्रा बिद्यालयका अभ्यासहरुका बारेमा प्रकाश पार्दै ईकाई प्रमुख पौडेलले सामुदायिक बिद्यालयका प्रअहरुले आफू मालिक नभई सेवक भएर काम गर्नुपर्ने बताउनु भयो।

    काठमाडौंका उत्कृष्ट सामुदायिक बिद्यालय मध्य बाट बिश्व निकेतन मा. वि. त्रिपुरेश्वरका प्रधानाध्यापक हेडम्ब राज कडेल र संस्थागत बिद्यालयबाट काव्य स्कुल नयाँ बानेश्वरका प्रधानाध्यापक नवराज बास्कोटाले शैक्षिक गुणस्तर सुधारका लागि बिद्यालयले अवलम्बन गरेका बिषयहरुमा प्र.अ.हरुमाझ प्रकाश पार्नुभएको थियो।

    गोष्ठीमा शिक्षा बिकास तथा समन्वय ईकाइ शाखा प्रमुख युवराज दाहाल, काठमाडौं महानगरपालिका शिक्षा बिभागका शिक्षा अधिकृत ईन्द्र दाहाल, स्रोत ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो। कार्यक्रम कन्या मा.वि. क्षेत्रपाटीमा सम्पन्न भएको हो।

  • काठमाडौं महानगरपालिकाले शोक बिदा दिने

    काठमाडौं महानगरपालिकाले शोक बिदा दिने

    काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधनमा शुक्रबार महानगरमा शोक बिदा दिइने भएको छ ।

    महानगरको वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएकाले शुक्रबार काठमाडौं महानगर अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको महानगरका प्रशासन विभाग प्रमुख दीपक अधिकारीले जानकारी दिनुभयो ।

     

    अध्यक्ष रिजालको काठमाडौं स्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

    भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा रिजालको निधन भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन।

     

    जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि उनको डायलसिस गरिएको अस्पतालले जनाएको छ ।

    हक्की स्वभावका बिकास प्रेमी रिजाल का म पा १६ बाट दोश्रो कार्यकाल चुनाव जितेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।