Tag: दुर्घटना

  • सवारीको ठक्करबाट ४ वर्षिय बालिकाको मृत्यु

    सवारीको ठक्करबाट ४ वर्षिय बालिकाको मृत्यु

    बनेपा । बनेपा नगरपालिका वडा नम्बर ४ त्रिवेणीचोकस्थित शुभकामना सप्लायर्स (गिट्टी बालुवा डिपो) भित्र भएको सवारी दुर्घटनामा परी ४ वर्षिय बालिकाको मृत्यु भएको छ।

    बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान गाडी ब्याक गर्ने क्रममा सोही गाडीका चालक सरोज बरालकी छोरी समिक्षा बराललाई ठक्कर लागेको थियो। ठक्करपछि गम्भीर घाइते भएकी बालिकालाई तत्कालै धुलिखेल अस्पताल पुर्‍याइएको थियो ।  उपचारका क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनास्थलमा प्रहरी चौकी नालाबाट प्रहरी निरीक्षक रामदास थारुको कमाण्डमा टोली खटिएको थियो। दुर्घटनामा संलग्न गाडीलाई ईलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ।

  • धुलिखेलमा बस दुर्घटना: २४ जना घाइते

    धुलिखेलमा बस दुर्घटना: २४ जना घाइते

    धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका-१० शारदा बतासे स्थित बी.पी. राजमार्गमा यात्रु बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्।

    काठमाण्डौँबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो। दुर्घटनामा बसका चालक, सह-चालक सहित २४ जना घाइते भएका छन्। तीमध्ये चालक र सह-चालक गम्भीर घाइते भएका छन् भने उनीहरूको टाउकोमा चोट लागेको काभ्रे प्रहरीले जनाएको छ।

    घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। घटनास्थलमा अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्र.स.नि. हरि बहादुर काफ्ले को कमाण्डमा ४ जना ट्राफिक प्रहरी सहितको टोली परिचालन गरिएको छ।

    दुर्घटनाका कारण बाटो केही समय प्रभावित भए पनि हाल एकतर्फी रूपमा सडक सञ्चालनमा आइसकेको र बस अझै घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जानकारी दिएको छ ।

  • ससुराको किरियाका लागि फर्कदै गरेकी बुहारीको बाटोमै मृत्यु

    ससुराको किरियाका लागि फर्कदै गरेकी बुहारीको बाटोमै मृत्यु

    च्याम्राङवेशी । काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका वडा नं १ च्याम्राङ्गबेसीमा ससुराको निधन भएपछि माइतीघरबाट किरियाका लागि फर्कदै गरेकी बुहारीको बाटोमै दुर्घटनामा परेर निधन भएको छ।

     

    बेथानचोक गाउँपालिका वडा नम्बर १ का भीमप्रसाद गौतमको शनिबार बिहान घरमै निधन भएको थियो। उनका साहिँली बुहारी मेनुका गौतम माइतीघर मकवानपुर, हेटौंडामा थिइन्। ससुराको किरिया गर्न आइतबार घर फर्किने क्रममा दुर्घटनामा परेर उनको ज्यान गएको हो।

     

    मकवानपुरको फापरबारीसम्म सार्वजनिक बसमा यात्रा गरेपछि उनी ललितपुर हुँदै काभ्रे पुग्न जेठाजूका छोरा (भतिजा) को मोटरसाइकलमा सवार भएकी थिइन्। अपराह्न ४ बजेतिर ललितपुरको बागमती गाउँपालिका वडा नं ७, दोर्जलिङमा दुर्घटना भएको हो। मोटरसाइकलमा सवार हुँदै गर्दा उनले ओडेको सल बाइकको चेनमा अड्किएपछि उनी सलमा बेरिएर सडकमा खसेकी थिइन्, जसका कारण घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ।

    घटनाबारे जानकारी दिँदै महाँकाल गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष विनोद चौरेलले मृतक मेनुकाको शव घटनास्थलमै रहेको र गिम्दी प्रहरी उपस्थित भइसके पनि नेपाल प्रहरी चापागाउँ वृत्तबाट टोली आएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्। (पत्रकार नवराज सापकोटाको सहयोगमा निर्मित समाचार सामग्री)

     

  • बोलेरोको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

    बोलेरोको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

    बनेपा । बोलेरोको ठक्करबाट पाँच वर्षिय बालकको मृत्यु भएको छ ।

     

    पनौतीबाट बनेपा आउँदै गरेको बागमती प्रदेश ३, २२ च ३२९१ नम्बरको बोलेरोले बाटोमा हिड्दैं गरेका बालकलाई ठक्कर दिएको हो ।

     

    बोलेरोको ठक्करबाट सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकाका ५ वर्षीय आशीष अधिकारीको उपचारकाक्रममा शिर मेमोरियल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक नारायण थापाले जानकारी दिए ।

  • काँक्रेमा बस दुर्घटना, चालक गम्भिर घाइते

    काँक्रेमा बस दुर्घटना, चालक गम्भिर घाइते

    नमोबुद्ध | काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित काँक्रेमा स्कुल बस दुर्घटना हुदाँ बस चालक गम्भीर घाईते भएका छन् ।

    नबप्रतिभा बोडिङ स्कुलको बस बा २ ख ६७४३ नम्बरको बस विद्यार्थी पुर्याइ फर्किने क्रममा काँक्रे जानेबाटोको मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

    दुर्घटनामा घाइते चालक अर्जुन अधिकारी अबस्था गम्भीर रहेको र उनलाई उपचारका लागि बनेपा स्थित शिर मोमोरियल अस्पताल ल्याईको जिल्ला प्रहरी कार्यालय काभ्रेको सुचना अधिकारी हरि खतिवडाले जानकारी दिए ।