क्रोएसियामा नेपाली चलचित्र ‘होस्टेल ३’ प्रदर्शन हुँदै


जाग्रेब । क्रोएसियामा नेपाली कथानक चलचित्र ‘होस्टेल ३’ प्रदर्शन हुने भएको छ । क्रोएसियास्थित नेपाली थकाली हाउससँगको सहकार्यमा चलचित्र प्रदर्शन हुन लागेको क्रोएसियाबाट बिनोद अधिकारीले जानकारी दिएका छन् ।
यही २०२५ मार्च २३ गते आइतबारका दिन नेशनल युनिभर्सिटी सेस्भेटमा चलचित्र प्रदर्शन हुनेछ । चलचित्र बिहान ११ बजे, दिउँसो २:१५ बजे र साँझ ५:३० बजे गरि ३ शो प्रदर्शन गरिनेछ । चलचित्रको टिकट मुल्य १० युरो रहेको छ ।
होस्टेल ३ को टिकट लालीगुराँस होस्टल, थोमश बार, बुद्ध मार्ट, सुदुरपश्चिम एक्सेसरिज, एयरिङ कलेक्सन र मार्केट बाँस्केट मार्फत प्रि बुकिङ गर्न सकिने साथै सोही दिन हल प्रवेश गर्नुअघि टिकट लिन मिल्ने बताइएको छ ।
क्रोएसियामा कामको शिलशिलामा कार्यरत नेपाली दाजुभाइ दिदीबहिनीहरूको फुर्सदको समयलाई रोचक बनाउन, एक आपसमा सञ्चार, सहकार्य र भावनात्मक एकता बढाउन र स्कुले जीवनको अविष्मरणीय पलसम्म पुर्याउन चलचित्र सफल हुने आयोजकको विश्वास रहेको छ ।

सशान कँडेल निर्देशित होस्टल ३ चलचित्र होस्टेल सिरिजको तेस्रो भाग हो । चलचित्रमा नव कलाकारहरू पारश बम(कुल ब्वाय), आशिष घिमिरे, सिम्रन पन्त, रिहान गिरी, पदम तामाङ र हेना नगरकोटी लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
चलचित्रमा मुख्य आकर्षण कुल ब्वाय भनेर चिनिएका पारश बम र वेब सिरिजमा काम गरेकी हेना नगरकोटीको अभिनयलाई प्रशंसा गरिएको छ । त्यस्तै केदार घिमिरे (माग्ने बुडा) का सुपुत्र आशिष घिमिरेको पनि डेब्यु चलचित्र समेत हो ।
होस्टल र यहाँ हुने गतिविधि केन्द्रित विषयमा दर्शकलाई बाँध्न कथावस्तु सफल रहेको बताइएको छ । युवा पुस्ताका भावनालाई समेट्दै प्रेम, द्वन्द्व र माया प्रेमलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ । होस्टेलको यसअघिका सिरिज सफल मानिन्छन् । नयाँ कलाकारहरूलाई लिएर बनाइए पनि सुपरहिट चलचित्र पस्कदै आएको होस्टेल टिमले दर्शकलाई मनोरञ्जन र युवा मनलाई भावनात्मक र कलात्मक रुपले प्रस्तुत गर्न सफल रहेको बताइएको छ ।
चलचित्र सम्बन्धी थप जानकारी +३८५ – ९७६६४४८५६ / +३८५ – ९५३९२८५६३ मा सम्पर्क गरि थप जानकारी लिन आयोजकले आग्रह गरेको छ ।