सक्सेस् अब्रोड स्टडीको सेवा अब बनेपाबाट


बनेपा । बनेपा नगरपालिका वडा नम्बर ७ खसीबजारमा सक्सेस अब्रड स्टडीको नयाँ शाखा खुलेको छ । वैदेशिक अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाईमा रहँदै आएको संस्थाले अब बनेपाबाट सेवा सुरु गरेको छ । बनेपाको मुटु भइकन पनि बजारको कोलाहलबाट मुक्त हुने यस क्षेत्रमा शाखा सुरु गरिएको हो ।
संस्था वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरूलाई कोशेढुंगा हुने बनेपा शाखाकी प्रमुख शर्मिला तिमल्सिनाले बताइन । गुणस्तरिय, समयसापेक्ष र प्रविधियुक्त शिक्षण सिकाइका लागि नयाँ व्यवस्थापन सहित कक्षाहरू सुरु गरिएको तिमल्सिनाले जानकारी दिइन् ।
बनेपामा भव्य रुपमै कार्यालय सञ्चालन भएसँगै आसपासका सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली लगायतका विद्यार्थीहरूलाई शैक्षिक परामर्श लिन र आफ्नो करिअर अगाडि बढान मद्दत पुग्ने अपेक्षा लिइएको छ ।
शाखा कार्यालय उद्घाटन एवं शैक्षिक मेला कार्यक्रममा शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष शेषराज भट्टराई, संघका केन्द्रिय सचिव एवं सक्सेस् अब्रोड स्टडि काठमाडौंका प्रबन्ध निर्देशक भवनाथ हुमागाँई, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष बद्रीराज तिमल्सिना, पुर्वअध्यक्ष मोतीराम तिमल्सिना, शैक्षिक परामर्श संघ काभ्रेका अध्यक्ष भुवन रायमाझी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।
संस्थाका प्रबन्ध निर्देशक भवनाथ हुमागाँईले काठमाडौं बागबारमा २०७० देखि शैक्षिक परामर्श दिइरहेको सक्सेस्ले बनेपामा ८ वर्षदेखी भरपर्दो र विश्वसनीय संस्थाको रुपमा सेवा दिइरहेको बताए । सेवालाई अझै स्तरीय बनाउन प्रविधिमैत्री नयाँ कार्यालय शुभारम्भ गरिएको उनको भनाई थियो । संस्थामा दक्ष, अनुभवी र क्षमतावान प्रशिक्षकले अध्यापन गर्ने र विद्यार्थीहरूको अन्तर्राष्ट्रिय शैक्षिक यात्रालाई सुनिश्चित गर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले विद्यार्थीसँगै अभिभावलाई पनि सल्लाह सुझाव जरुरी रहेको बताए । रेमिट्यान्स मात्रै नभई उनीहरुको ज्ञान सीपलाई पनि नेपालमा प्रयोग गर्न सक्ने वातावरणका लागि पहल गर्न शैक्षिक परामर्श संघलाई उनले आग्रह गरेका छन् ।
सक्सेस्मा जापानका शीर्ष संस्थाहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेट गर्न सकिनेछ भने १ सय जना विद्यार्थीलाई सत प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने शाखा प्रमुख तिमल्सिनाले बताइन् । मेलाले वैदेशिक अध्ययनको योजना बनाइरहेका विद्यार्थीहरुको यात्रालाई नयाँ दिशा दिने उनको विश्वास छ ।
यस्तै सक्सेस बनेपामा जापानी भाषा विशेषज्ञहरुसँग निःशुल्क भाषा सिक्ने अवसर समेत प्रदान गरिँदैछ । जापान, अष्ट्रेलिया, क्यानडा, युके, दक्षिण कोरियामा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्श तथा सहजीकरण गर्दै आइरहेको सक्सेसले गुणस्तरिय सेवा प्रवाह गर्दै आइरहेको छ ।
सक्सेस् स्टडिले १० वर्षमा १ हजार भन्दा बढी विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि सहजीकरण गरिसकेको छ । बनेपामा चौथो शाखाको रुपमा खुलेको संस्थाको काठमाडौं बागबजार स्थित मुख्य कार्यालय, जापानमा जापान ग्लोबल कार्यालय र सुनसरीमा इटहरी कार्यालय सञ्चालनमा रहेका छन् ।