पनौती । स्थानीय सक्रिय महिला समूहका दिदिबहिनीहरुको सहभागितामा हरेक साताको शनिबार संचालन हुँदैं आएको त्रिवेणी सरसफाइ नागरिक अभियानले शनिबार पनौतीमा २९७ औं शृङ्खला सम्पन्न भएको छ ।
अभियानकी संयोजक एवं अभियन्ता सुमित्रा बन्जाराको नेतृत्वमा आयोजित सो अभियानमा स्थानीय महिला दिदिबहिनीहरु,अभियन्ताहरुको सक्रियतामा मठमन्दिर,त्रिवेणी खोला,टोल सरसफाइ गर्नुका साथै जनचेतनामूलक कार्यसमेत गरेका थिए ।
Leave a Reply