क्रोएसियामा ‘जेम्सी’ को धामाकेदार लाइभ कन्सर्ट हुँदै

जाग्रेब । क्रोएसियामा नेपाली चर्चित र्यापर तथा पर्फमर जेम्सी (नोबेल बस्नेत) को भव्य लाइभ कन्सर्ट आयोजना हुने भएको छ। क्रोएसियास्थित सगरमाथा होस्टल र थोमश बार को संयुक्त आयोजनामा हुन लागेको उक्त कन्सर्टलाई विशेष बनाउन तयारी तीव्र पारिएको छ।

टिभोर्निका कल्चर कन्सर्ट हल, जाग्रेब मा आयोजना हुने कार्यक्रममा विभिन्न संघसंस्थाको सहकार्य रहने आयोजकले जनाएका छन्। आगामी २०२५ अप्रिल २७ (नेपाली नव वर्ष २०८२ को अवसरमा) हुने कन्सर्ट साँझ ५ बजेबाट सुरु हुनेछ।

यस विशेष सांगीतिक कार्यक्रममा जेम्सीसँगै बेलायतका चर्चित डिजे स्काजी, डि.ओ.पी. ब्याण्ड, साथै स्थानीय कलाकारहरूको दमदार प्रस्तुति रहने इभेन्ट म्यानेजर बुद्ध लामाले जानकारी दिएका छन् ।

DOP Band
डि.ओ.पी. व्याण्ड

नेपाली र्याप गायनमा जेम्सी: नेपाली र्याप संगीतमा चर्चित जेम्सीले “आम्स्टर्डम”, “रौसी लाग्यो”, “थरिथरि” लगायतका लोकप्रिय गीतहरू गाएका छन्। अहिले युरोप संगीत यात्रा मा रहेका उनले क्रोएसियामा अप्रिल २७ का दिन विशेष प्रस्तुति दिनेछन्।

यसअघि क्रोएसियामा आयोजित विभिन्न सांगीतिक कार्यक्रमहरूमा राजु लामा, सबिन राई, इन्दिरा जोशी, धुर्मुस-सुन्तली, प्रदीप लामा लगायतका कलाकारहरूले प्रस्तुति दिइसकेका छन्।

आयोजकका अनुसार नेपाली कला र कलाकारलाई सम्मान गर्दै प्रवासमा रहेका नेपाली समुदायलाई जोड्ने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको हो। क्रोएसियामा रहेका नेपालीहरूका लागि मनोरञ्जन प्रदान गर्नुका साथै आपसी परिचय, सद्भाव र भाइचारा बढाउने अवसर समेत यो कन्सर्टले दिने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *