साँगामा शेयर बजार सम्बन्धी प्रशिक्षण कार्यक्रम

साँगा । नेपाल प्रहरी स्कूल, साँगामा शेयर मार्केट सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तालिम इन्टर्याक्ट क्लब अफ भक्तपुर एण्ड काभ्रे भ्याली र इन्टर्याक्ट क्लब अफ नेपाल पुलिस स्कूल साँगाको संयुक्त आयोजनामा भएको हो ।

कार्यक्रममा २ सय ८० जनाको सहभागिता रहेको इन्टर्याक्ट डिष्ट्रिक्ट ३२९२ का जोनल इन्टर्याक्ट रिप्रिजेन्टेटिभ अनमोल सिलवालले जानकारी दिनुभयो ।

सिलवालका अनुसार कार्यक्रमले शेयर बजार सम्बन्धि जानकारी दिइनुका साथै कार्यक्रम स्थलमै सहभागीहरुको डिम्याट खातासमेत खोलिएको थियो । कार्यक्रमले वित्तीय साक्षरता र जागरूकताको प्रसारमा महत्वपूर्ण जानकारी दिएको उहाँको भनाई छ ।

तालिमका सहभागीहरुलाई सचिन सिलवाल, शिव चन्द, र श्रीहरि कार्कीले शेयर बजारको परिप्रेक्ष्य, निवेश रणनीतिहरू, र सुस्त वित्तीय निर्णयहरूबारे प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा रोटेरी क्लब मध्यपुरकी नोमिनी प्रेसिडेण्ट शकिला पाठक, राजराम सुवाल र विक्रम कर्माचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमा इन्टर्याक्ट क्लब अफ नेपाल पुलिस स्कूल साँगाकी अध्यक्ष रनिसा तामाङले कर्यक्रम सफलतापुर्वक सम्पन्न गर्न सहयोय गर्नुहुने सबैमा आभार व्यक्त गर्नु भयो ।

कार्यक्रमको संयोजन जोन सेभेनका जोनल एडभाइजर रोज कर्माचार्यले गर्नु भएको थियो । कार्यक्रमबारे जानकारी दिँदै उहाँले युवाहरुमा शेयर बजारबारे जानकारी दिन, बजारको अवस्थाबारे जानकार रहन मद्दत मिल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *