अर्थतन्त्र सुधारमा सबैको साथ आवश्यक छः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारमा सबैको साथ आवश्यक रहेको बताए । अर्थतन्त्र बिग्रेको नभई सजग हुनुपर्ने अवस्थामा रहेको उनको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजना गरेको इन्धन तथा खाद्य समस्या र यसबाट पर्न सक्ने अर्थतन्त्रको प्रभाव विषयक छलफलमा अधिकारीले पुष यता सरकार र नेपाल राष्ट्र बैंकले लिएका नीतिको प्रभाव नतिजामा देखिन थालेको समेत बताए ।
शोधनान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा चाप पर्न थालेपछि सरकारले वस्तु आयातमा कडाइ थालेको थियो ।
संकट आउनु भन्दा केही अगाडि नै सजग बनौं भन्ने नीति अनुरुप अघि बढिएको गभर्नर अधिकारीले प्रष्ट्याए ।
अर्थतन्त्रको सुधारमा आम सर्वसाधारण, उद्योगी—व्यवसायीदेखि सबैको साथ आवश्यक रहेको गभर्नर अधिकारीले बताए ।