कांग्रेसका वर्तमान जिल्ला पार्टी सदस्य दाहालले दिए राजीनामा

बनेपा । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका वर्तमान जिल्ला पार्टी सदस्य बालकृष्ण दाहालले राजीनामा दिएका छन् । २०३६ सालदेखी राजनीतिमा सक्रिय भई २०४६ सालदेखी निरन्तर नेपाली कांग्रेस पाटीको विभिन्न जिम्मेवारीमा रही काम गर्दे आएका दाहालले राजीनामा दिएका हुन् ।

दाहालले नेपाली कांग्रेस काभ्रेमा आफू केन्द्रित र आफ्ना गुटको राजनीतिलाई प्रसय दिएको उल्लेख गरेका छन् । अबसरबादी राजनीति हाबी भएको भन्दै दाहालले नेपाली कांग्रेस जिल्ला सदस्यसँगै दलको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएका हुन् ।

सञ्चारकर्मीहरूसँग बोल्दै उनले आफू तत्काल कुनै दलमा प्रवेश नगर्ने र राम्रा उम्मेद्वाहरूलाई सहयोग गर्ने बताउएका छन् । बनेपा नगरपालिका वडा नं. ५ का बासिन्दा दाहाल बनेपा स्थित मनकामना बचत तथा ऋण सहकारीका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *