चुडाप्रसाद चौलागाईं: व्यक्तित्व र कृतित्व समीक्षा संग्रह सार्वजनिक
२०८० कार्तिक १९ गते १४:५५

भक्तपुर । चुडाप्रसाद चौलागाई व्यक्तित्व र कृतित्व समीक्षासंग्रह विमोचन कार्यक्रम शनिबार सम्पन्न भयो । काभ्रे कोशीपारी प्रभा माध्यमिक विद्यालयमा जीवनका उर्जाशिल समय ४० वर्ष शिक्षण पेशामा व्यतित गर्नुभएका चौलागाईले आफ्नो लामो अनुभवबाट संगालेका दृष्टिकोणलाई कृतिका रुपमा जीवनको अन्तरङ्ग, सम्झनाका क्षणहरु र विषय विवेचना तीन वटा कृतिहरु सार्वजनिक गरीसक्नु भएको छ ।
चौलागाईद्वारा लिखित तीन कृतिहरुको समिक्षा भई “चुडा प्रसाद र्चालागाईः व्यक्तित्व र कृतित्व” नामक समिक्षासंग्रह पुस्तकको रुपमा सार्वजनिक गरिएको हो । अनुशिल नेपालले प्रकाशन गरेको समिक्षा संग्रह वरिष्ट साहित्यकार डा. इन्दुल के.सी. को प्रमखु आतिथ्यमा अनुशिल नेपालका अध्यक्ष जीवनाथ अधिकारी, डा. महेन्द्र सापकोटा, डा. डे.मा लामा, डा. सीता सुवेदी पन्थी, डा. रविन्द्र गिरी जन आदर्श क्याम्पसका क्याम्पस प्रमुख दुर्गा मोहन श्रेष्ठ, भक्तपुर साहित्यक समाजका अध्यक्ष कविराज घिमिरे, साहित्यिक व्यक्तित्वहरु, पत्रार लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितीमा विमोजन गरिएको थियो ।

कार्यक्रममा साहित्यकारहरु प्रजापति तिमिल्सिना, पदम दाहाल, जन आदर्श क्याम्पस प्रमुख दुर्गा मोहन श्रेष्ठ, भक्तपुर बुढ्यौली साहित्यिक समाजका अध्यक्ष कविराज घिमिरे, इ.डा. ङेमा लामा, डा. रविन्द गिरी, डा. महेन्द्र सापकोटा लगायतले प्रकाशित कृतिका सम्बन्धमा शुभकामना व्यक्त गर्नु भएको थियो ।
अनुशील नेपालका अध्यक्ष जीवनाथ अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखक साहित्यकार चुडाप्रसाद चौलागाईले धन्यवाद ज्ञापन गर्दै लेखक आफ्नो उमेरको ७८ औं वसन्तमा आफूद्वारा सिर्जित कृतिहरुले सबै पाठक, विद्वतवर्ग साहित्य कर्मी, आफ्ना शिश्यहरुले मन पराएको विचार व्यक्त गर्नुभयो । आफूद्वारा रचित कृतिहरुको समिक्षा गरी यो संग्रह सार्वजनिक गर्न सहयोग पुरयाउनुहुने अनुशील नेपाल, डा. इन्दुल के.सी. लगायत सम्पूर्णमा हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

समीक्षा संग्रह विमोजन कार्यक्रममा उपसचिव पदम दाहाल, घटुजराज गिरी, कुमार प्रसाद गौतम, ठाकुरनाथ गौतम, सादुराम गिरी, प्रजापति सिंखडा, बलराम कोइराला, लोकनाथ गौतम, यादव गौतम, उद्ववराज गौतम, उक्त गौतम, रमेश अधिकारी, महेश्वर घिमिरे, मुकुन्द गौतम, केशव गौतम लगायत विभिन्न साहित्यिक क्षेत्रका व्यक्तित्वहरु, पत्रकारको सहभागिता रहेको थियो ।
पन्ध्रवटा विषयवस्तु रहेको चुडा प्रसाद चौलागाई: व्यक्तित्व र कृतित्वको समीक्षासंग्रहको प्रकाशन अनुशिल नेपाल, सुर्यविनायक–३, बालकोट, भक्तपुरले गरेको छ भने पुस्तकको मूल्य रु. २५५ रहेको छ । कार्यक्रमको सहजीकरण अनुशील नेपालका सचिव टीका श्रेष्ठले गर्नुभएको थियो ।
प्रतिक्रिया
ताजा खबर