ट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा, सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने

अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने प्रस्ताव मन्त्रीपरिषद्मा पुगेको बताएका छन ।

अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको संकट टार्न सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको जानकारी दिएका हुन ।

‘अर्थतन्त्रको संकट टार्न सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव गएको छ’ उनले भने ‘महँगा सवारीको आयात रोक्न पनि प्रस्ताव गएको छ।’

सर्वसधारणलाई पनि यस्ता इन्धनको प्रयोग घटाउन प्रोत्साहित गर्ने उनले बताए । ‘हामीले गरेको प्रस्ताव मुख्यसचिव ज्युको समितिले अध्ययन गरिरहेको छ,’ उनले भने,’विप्रेषण आय बढाउने गरी वैदेशिक रोजगारीमा रहेकाहरुले लगानी गर्ने सञ्चित कोष बनाउने, आईपीओ र एफपीओमा कोटा दिने, रेमिट्यान्स कम्पनीलाई वालेट प्रयोग गर्न दिनेजस्ता प्रस्ताव गरेका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *