तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु, चालक गम्भीर घाइते


तेमाल, काभ्रेपलाञ्चोक। तेमाल गाउँपालिका वडा नम्बर ३, कुन्डोलस्थित सडकमा बिहीबार बिहान बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भने चालक गम्भीर घाइते भएका छन् ।
धादिङबाट विवाहको जन्ती पुर्याएर फर्कने क्रममा ना ४ ख ८८१७ नम्बरको खाली बस ट्रनिङमा ब्याक गर्ने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा तेमाल गाउँपालिका–१ निवासी ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको छ।
बस चालक मकवानपुर बागमती गाउँपालिका निवासी ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्। घाइते ब्लोनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।
घटनापछि प्रहरी चौकी पचुवारघाटबाट प्र. ह. शम्भु बोहराको कमाण्डमा तीन जनाको टोली घटनास्थलमा परिचालित भएको थियो। थप अनुसन्धानका लागि पाँचखाल प्रहरी चौकीबाट प्रहरी निरिक्षक किशोर कुमार बुढाथोकीको नेतृत्वमा पाँचजनाको SOCO टोली घटनास्थलतर्फ पठाइएको छ।
उक्त दुर्घटना स्थल प्रहरी चौकीबाट करिब १० किलोमिटर पश्चिमतर्फ पर्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्प्रला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।