नेकपा एमाले पनौती नगर कमिटीको अध्यक्षमा पुनः हुमागाई निर्वाचित

पनौती । नेकपा एमाले पनौती नगर कमिटीको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। पार्टीको संगठन सुदृढ गर्दै आगामी कार्ययोजनासहित अघि बढ्ने उद्देश्यसहित सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।

अधिवेशनबाट अध्यक्षमा सुरेश हुमागाई निर्वाचित भएका छन्। पार्टी संगठनमा लामो समयदेखि क्रियाशील हुमागाई नेतृत्वले आगामी दिनमा पनौतीमा एमालेको प्रभाव वृद्धि गर्ने अपेक्षा गरिएको छ।

अधिवेशनबाट उपाध्यक्षमा सन्तोष के.सी., सचिवमा शिवराम आचार्य, उपसचिवमा शिव नारायण घुलु र उमा थापा बोगटी निर्वाचित गरेको हो ।

साथै लेखा समिति अध्यक्षमा बिनोद घिमिरे, सचिवमा विनायक न्यौपाने, सदस्यमा बिश्वनाथ सापकोटा सर्वसम्मत निर्वाचित भएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *