नोबेल साकोसको सदस्य शिक्षा तथा वनभोज कार्यक्रम

बनेपा । बनेपा नगरपालिका वडा नं. ७ चारदोबाटो स्थित नोबेल बचत तथा ऋण सहकारी संस्था लिद्वारा सदस्य शिक्षा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अध्यक्ष मोहनकृष्ण श्रेष्ठले संस्थाको कारोवार, गतिविधि तथा आगामी कार्ययोजनाका बारेमा जानकारी गराउँदै सदस्यहरुलाई संस्थाप्रति उत्तरदायि बन्न संचालकहरुले गरेका गतिविधिहरुलाई निरन्तर अनुगमन गर्न अनुरोध गरे ।

कार्यक्रममा संस्थाका ब्यवस्थापक नारायण गोपाल श्रेष्ठले संस्थाको मसिंर मसान्तसम्मको आर्थिक कारोवार तथा प्रगतिका बारेमा जानकारी गराउँदै सदस्यहरुलाई स्वागत गरेका थिए । सह सचिव प्रमिला चण्डी श्रेष्ठले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष विजेशकुमार पोटे, सचिव बलराम श्रेष्ठ, कोषाध्यक्ष भिमकृष्ण श्रेष्ठ, सह कोषाध्यक्ष आशिष कोँजु तथा संचालक सदस्यहरु, लेखा समिति संयोजक बालकृष्ण श्रेष्ठ सहितका सदस्यहरुको सहभागिता रहेको थियो ।

संस्थाको २०८१ मसिंर मसान्तसम्म शेयर पुँजी १ करोड ८३ लाख ६० हजार ५ सय, निक्षेप ९ करोड ५० लाख, जगेडा कोष तथा अन्य कोषमा ९९ लाख ५० हजार जम्मा भएको उल्लेख गरिएको छ ।

कार्यक्रममा सामुदायिक तर्फ बनेपामा रहेको हिमालय मावी र संस्थागत तर्फ प्रगति प्रभात एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुका लागि स्टेशनरी सामाग्री उपलब्ध गराईएको संस्थाका मुख्य व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *