बाढीपीडित घरपरिवारलाई सामुदायिकको राहत

पार्थली, बेथानचोक । काठमाडौं महानगरपालिका वडा नम्बर ७ मैजुबहाल कुमारीगल स्थित सामुदायिक सेवा समाजले बेथानचोकका बाढीपीडित घरपरिवारलाई राहत प्रदान गरेको छ ।

संस्थाले बेथानचोक गाउँपालिका वडा नम्बर ४ का ३० घरपरिवारलाई खानेपानीको सुविधा पुनर्स्थापित गर्नका लागि खानेपानीको पाइप प्रदान गरेको हो । पीडामा रहेका यस क्षेत्रका स्थानीयहरूलाई दीर्घकालीन हिसाबले कसरी सहयोग गर्न सकिन्छ भन्दा खानेपानीको पाइप हस्तान्तरण गरि राहत प्रदान गर्ने निष्कर्षमा पुगिएको संस्थाका अध्यक्ष शिवराम अर्यालले बताउनुभयो ।

सामुदायिक सेवा समाज र सामुदायिक योग समूहको सहकार्यमा २०८१ मा देउसीभैलोबाट उठेको रकम संकलन गरि ३० घरपरिवारलाई २ हजार मिटर खानेपानी पाइप वितरण गरिएको हो ।

राहत सामग्री ४ नम्बर वडाध्यक्ष कृष्ण बहादुर लामा, निवर्तमान वडाध्यक्ष लाल बहादुर श्रेष्ठ, स्थानीयको रोहबरमा संस्थाका अध्यक्ष शिवराम अर्यालले वडाध्यक्ष लामालाई हस्तान्तरण गर्नुभएको हो । वितरण गरिएको पाइपको उच्चतम सदुपयोग हुने अपेक्षा संस्थाको छ ।

मैजुबहाल कुमारीगालमा रहेको सामुदायिक भवनमा देउसीभैलो कार्यक्रमबाट ८० हजार ८ सय रकम संकलन भएको थियो । संकलित रकमको २ हजार मिटर पाइप खरिद गरि हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष अर्यालले बाढीपहिरो पीडितको दु:खमा मल्हम लगाउन पाउदा आफ्नो टिम हर्षित भएको बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले सामुदायिक सेवा समाजमा १३ जनाको कार्यसमिति रहेको जानकारी दिनुभयो । ३०० भन्दा धेरै सदस्यहरू रहेको संस्थाले विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको छ ।

वितरित पाइपबाट स्थानीयले दोभानखोका, मुलखोला, कोप्चेखोला, लथङडाडा का मुहानबाट खानेपानी ल्याइने बेथानचोक गाउँपालिका निवर्तमान वडाध्यक्ष लाल बहादुर श्रेष्ठ बताउनुहुन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *