सभ्य र आत्मियता बढ्ने तरिकाले होलि मनाऔं

सबिन गौतम

होलि हिन्दु संस्कृतिमा प्रत्येक बर्ष फागु पुर्णिमाको दिन मनाइन्छ । यो नेपाल भारत अन्य राष्ट्रमा रहेका हिन्दुहरुको महान पर्व चाड हो । यो चाड वसन्त ऋतुको फाल्गुन महिनामा पर्ने यो पर्व यस वर्ष भने चैत महिनामा पर्न गएको छ । होलि रङ्गहरुको चाड हो । होलिको दिन मानिसहरुले एक अर्कामा रङ्गहरु खेलेर रंगिन बनाउछन । होलि खेल्ने दिनभन्दा अरु एक दिन पहिला रातो होलिको दहन गरिन्छ । राती होलिको दहन गरिसकेपछी बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि रङ्ग फाल्ने चलन छ ।

नेपालमा साना – साना नानीहरु देखि बृद्धबृद्दाहरु संग सबै जना होलि खेलेर मनोरञ्जन लिन्छ्न् । युवायुवतीहरू गित गाउदै नाच्दै होलि खेल्ने गरेको पाहिन्छ । भनिन्छ कि होलिको दिन पुरानो कटुता समाप्त गरेर दुस्मनी हरु बिर्सेर एक अर्कासित मिल्छन र आत्मियता बढाउँछन् । साथै यस पर्व लाई फाल्गुन महिनामा मनाउने फगुवा पर्व पनि भनिन्छ। हामीले होलि पर्व घरपरिवार साथिभाइ एक आपसमा रङ्ग मा रंगियर खुशि साथै उल्लास पुर्बक मनाउने फाल्गुन पुर्णिामा को अवसरमा मनाइन्छ । पहाड देखि तराइ र गाउँदेखि सहर सम्म केटा केटि युबायुबती हातमा रङ्ग र रंगिन घोल पदार्थ यक आपसमा छ्यापाछ्याप गरेर होलि मनाउछन । होलिमा गित गाउदै बाजा बजाउदै रमाइलो गर्दै आपशी रिशिभिलाइ बिर्सेर उत्साह र उमंगका साथ मनाइने रंगिन पर्वको रुपमा लिइन्छ ।

फाल्गुन शुक्ल अष्ठमिको दिन काठमान्डौ बसन्तपुर अगाडि चिर विशेष रुपले सजायको लिङ्गो गाडेपछि होलि सुरु भएको मानिने गरिन्छ । यो साल केही दिन अगिनै चिर लाई सजाएको छ फागु पर्व पुर्णिामा को राती उक्त चिर लिङ्गो लाई ढालेर जलाएपछी होलि बिधिवत रुपमा समाप्त हुन्छ ।

तराइ जिल्लाहरुमा भने फागु पर्व पहाडको मनाएको भोलिपल्ट मनाइने गरिन्छ । होलिमा कुहिएको अन्डा, लुगा कपडा धोएको पानी , नुहाएको पानी , ढलको पानी , कालो मबिल आदि लोलाभित्र राखेर हान्ने बिकृती पनि बढ्दो छ । त्यस कार्यले हाम्रो पर्बलाइ नकारात्मक असर पर्दछ । भने त्यस्ता कार्य हरु हामी कोहि – कसैले नगरौ । किनकी यो पर्व हाशी खेली मनोरञ्जन को रुपमा लिदै खुशी साट्ने पर्व पनि हो त्यसैले ध्यान दियर होलिलाइ सभ्य र आत्मियता बढ्ने तरिकाले मनाउ २०८० सालको होलि पर्वको अवसरमा देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनी हरुमा हार्दिक शुभकामना भन्न चहान्छु ।

लेखक सविन गौतम काभ्रेपलान्चोक जिल्ला कोशिपारी चौरी देउराली गाउपालिका ५ तुसारेका स्थायी बासिन्दा हुन् । पिता रमेश कुमार गौतम, माता कमला देबी गौतमको र दादा भाउजू दिदिको प्यारो मोडल तथा अहिलेका व्यापारीको रुपमा आफूलाई परिचित गराउन चाहन्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *