ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान २३ औं वर्षमा प्रवेश: नवीनतम शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता

बनेपा । काभ्रेपलाञ्चोकको अग्रणी शिक्षण संस्था ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत सञ्चालित ज्ञानकुञ्ज माध्यमिक विद्यालयले आफ्नो २२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विविध कार्यक्रम आयोजना गर्दै सम्पन्न गरेको छ।

प्रमुख अतिथिको विशेष सम्बोधन
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरकृष्ण बैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। प्रमुख अतिथि बादेले शैक्षिक गुणस्तर, व्यवहारिक ज्ञान तथा सैद्धान्तिक विषयलाई जोड दिन आवश्यक रहेको उल्लेख गरे।

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्षको प्रतिबद्धता
ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत शिशु कक्षादेखि क्याम्पस तहको मास्टर डिग्रीसम्मका कक्षाहरू सञ्चालन हुँदै आएका छन्। प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले विद्यार्थीहरूको शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्टता अभिवृद्धि गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।  विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरूले समाजसेवा, वातावरणीय संरक्षण, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आइरहेको तथा अभिभावकहरूसँग निरन्तर समन्वय गर्दै  थप शैक्षिक सुधार गर्दै जाने प्रतिबद्धता जनाएका थिए ।

विद्यालयको वर्तमान अवस्था र भावी योजना
विद्यालयका प्रबन्ध निर्देशक प्रताप बैद्यले कार्यक्रमको स्वागत गर्दै विद्यालयको समग्र अवस्था, स्थापना कालदेखि अहिलेसम्मका अनुभवहरू तथा भविष्यका योजनाहरूबारे जानकारी गराए।

उपस्थित विशिष्ट व्यक्तित्वहरू

कार्यक्रममा विद्यालयका सञ्चालक आत्मराम थापा, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोद कुमार न्यौपाने, प्याब्सनका केन्द्रीय उपमहासचिव भीमसेन केसी, सचिव हिरा शर्मा नेपाल, जिल्ला अध्यक्ष श्याम भुजेल, एन-प्याब्सन अध्यक्ष अग्नि ज्ञवाली, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विभिन्न संघ-संस्था तथा वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, विद्यालयका शिक्षक कर्मचारी, विद्यार्थीहरू लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उत्साहपूर्ण सहभागिता जनाउँदै विद्यार्थीहरू

खेलाडी, विद्यार्थी तथा अभिभावक सम्मानित

कार्यक्रममा खेलकुद क्षेत्रमा काभ्रे जिल्लामा विशेष योगदान पुऱ्याउने खेलाडीहरू प्रताप वैद्य, अरुणकाजी वैद्य, सौरवराज कायस्थ, ओम प्रकाश नकर्मी, विजय सुन्दर सैंजु, राज मन्दिर श्रेष्ठ, विजय कृष्ण बादे, तथा विजय के.सी.लाई सम्मान गरेको थियो ।

साथै विभिन्न विद्यामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई पुरस्कृत गरियो। साथै, ज्ञानकुञ्ज जेष्ठ नागरिक अभिभावक सम्मानबाट रुद्रकुमारी खड्कालाई विशेष सम्मान प्रदान गरियो।

सांस्कृतिक प्रस्तुति र अभिभावकको सुझाव

हनुमान चालिसा पाठ गर्दै विद्यालयकी विद्यार्थी

स्थापना दिवसको अवसरमा बालबालिकाहरूले मौलिक नृत्य, संगीत, नाटक,  तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । अभिभावक, विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरूले विद्यालयको शैक्षिक सुधारका लागि आफ्ना सुझाव राख्दै विद्यालयको उज्ज्वल भविष्यको कामना गरे।

उपस्थित अभिभावक तथा अतिथिहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक, सांस्कृतिक, नैतिक तथा व्यावसायिक क्षमताको अभिवृद्धिमा महत्त्वपूर्ण योगदान दिने बताएका थिए।

विद्यालयले शिक्षाका अतिरिक्त सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै विभिन्न परोपकारी कार्यक्रम सञ्चालन गरिरहेको छ । साथै, प्रविधिमा आधारित शिक्षण प्रणालीलाई आत्मसात् गर्दै डिजिटल कक्षाको सञ्चालनलाई प्रवर्धन गरिएको छ।

सहकारी भावना तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विद्यालयले विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ । साथै, ग्रामीण क्षेत्रका विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति योजनामार्फत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई शैक्षिक अवसर प्रदान गर्ने कार्य भइरहेको छ।

विद्यालयले समयानुकूल तथा रोजगारमुखी पाठ्यक्रमहरू सञ्चालन गर्दै व्यावसायिक शिक्षामा ध्यान केन्द्रित गरेको जनाएको छ । अभिभावक दिवस कार्यक्रम शिक्षक, विद्यार्थी तथा अभिभावकबीचको सहकार्यको उत्कृष्ट नमूना बनेको विद्यालयले जनाएको छ ।

विद्यालय प्रशासनले अभिभावकहरूसँग निरन्तर संवाद तथा समन्वय गर्दै शिक्षालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । शिक्षामार्फत राष्ट्र निर्माणमा योगदान पु¥याउने लक्ष्य राख्दै, आगामी वर्षहरूमा थप नवीनतम शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने विद्यालयले जनाएको छ ।

कार्यक्रम सञ्चालन

कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका सानी बस्नेतले गरेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *