प्रधानमन्त्रीको नक्कली कागजात बनाएर सेयर गर्ने पक्राउ
काभ्रे पोष्ट
२०८० असार ३१ गते २१:४७
काठमाण्डौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको नक्कली कागजात बनाई विभिन्न सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
उनले प्रधानमन्त्रीको तस्बिर जोडेर नक्कली भारतीय आधार कार्ड, स्थायी लेखा नम्बर लगायतका कार्डहरू बनाइ सेयर गरेका थिए ।
ग्राफिक्स प्रयोग गरि नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा भ्रम फैलाउने काम गरेको आरोपमा प्रहरीले टाइगर रानामागर भनिने शेरबहादुर रानामगरलाई पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले निज रानामगरलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार रानामगरलाई आइतबार बुटवलबाट पक्राउ गरिएको हो ।
प्रतिक्रिया
ताजा खबर