२६ अंकले घट्यो नेप्से, कारोबार रकम साढे दुई अर्ब
Warning: Undefined variable $np_author_last in /home/ekavrepost/public_html/wp-content/themes/theme/inc/genesis_costum.php on line 364
काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावटले साताको कारोबार सुरुवात भएको छ । साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा कायम भएको छ ।
आजको दिन बजारमा ६८ लाख ६० हजार ४२ कित्ता शेयरको खरिदबिक्री हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँको कारोबार भएको छ । गत साता पनि लगातार घट्दै आएको बजारमा आज पनि दोहोरो अंकले गिरावट भएको हो ।
आजको कारोबारमा सर्वाधिक नाफा पिपुल्स पावर लिमिटेड, सुपर माई हाइड्रोपावर लिमिटेड र नेपाल इन्भेष्टमेन्ट बैंक डेबेन्चर २०८० रहेका छन् । भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था र हिमालयन लघुवित्त वित्तीय संस्था सर्वाधिक घाटामा रहेका छन् । त्यसैगरी कारोबारका आधारमा सिभम सिमेन्टस १४ करोड ७८ लाख ७४ हजार ३४९ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।