टेलिकमद्वारा १ जीबीपीएसको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ

काठमाडौं । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा प्रारम्भ गरेको छ । यसअघि कम्पनीले जम्मा १०० एमबीपीएस सम्मको फाइबर इन्टरनेट सुविधा उपलब्ध गराउँदै आएकोमा एकैचोटि १० गुणा क्षमता बढी भएको इन्टरनेट सेवा उपलब्ध गराउन लागेको हो ।

सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुई वटा प्याकेजमा उपलब्ध हुनेछ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुने टेलिकमले जनाएको छ ।

प्रिमियम एफटीटीएच ५०० एमबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा ०.५ टीबी डेटा प्रतिदिन प्रयोग गर्न सकिने छ ।

त्यस्तै प्रिमियम एफटीटीएच १ जीबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५०० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा १ टीबी डेटा प्रतिदिन प्रयोग गर्न सकिनेछ ।

दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ । ५०० एमबीपीएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ प्याकेज वार्षिक एक लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

हालका लागि कम्पनीले काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराएको छ । व्यावसायिक संस्थाहरु यो सेवा प्रयोग गरि लाभान्वित हुने टेलिकमले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.