नेपाल टेलिकमले बोलायो साधारणसभा, प्रतिसेयर ४० रुपैयाँ लाभांश पारित हुने
काभ्रे पोष्ट
२०८० पुष ८ गते १०:१३
काठमाडौं । नेपाल टेलिकमले पुस २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले यसअघि घोषणा गरेको प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लैजानेछ । सो साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीले पाउने छन् ।
टेलिकममा सरकारी स्वामित्व नै ९१ दशमलव ४९ प्रतिशत रहेकाले सोही अनुपातको लाभांश सरकारले नै पाउँछ । त्यस्तै वार्षिक साधारणसभाका लागि पुस १९ गते कम्पनीले सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ । पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश र साधारणसभामा भाग लिन पाउने छन् ।
प्रतिक्रिया
ताजा खबर