प्रहरी प्रमुख ढकाल गए खड्का आए

बनेपा । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ७८ जना प्रहरी उपरीक्षक एसपी को एकैसाथ सरुवा गरेका छन् । त्यसै क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरिक्षक भाग्येन्द्र पुरुष ढकालको पनि सरुवा भएको छ । ढकाल प्रहरी प्रधान कार्यालय साइबर व्युरो अपराध अनुसन्धान शाखा भोटाहिटीमा सरुवा भएका हुन् । जिल्ला प्रहरी काभ्रेको कमाण्ड प्रहरी उपरिक्षक बसुन्धरा खड्काले सम्हाल्ने भएका छन् । सम्पति शुद्धीकरण अनुसन्धान विभाग प्रहरी शाखा पुल्चोकमा कार्यरत खड्का काभ्रे प्रहरी प्रमुख भएर आउन लागेका हुन् ।

त्यसैगरि प्रहरी महानिरिक्षक कुँवरले तनहुँमा अपिलराज बोहरा, बागलुङमा ऋषिराम कँडेल, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी र मोरङमा नवराज कार्कीलाई सरुवा गरेका हुन् । कञ्चनपुरमा चक्रराज जोशी, सर्लाहीमा दयानिधि ज्ञवाली, पाल्पामा नरेन्द्र चन्द, कैलालीमा पदम बहादुर विष्ट, बर्दियामा प्रवीण धिताल, गोरखामा वासुदेव पाठक र सिन्धुलीमा विनोद शर्मा सरुवा भएका छन । यस्तै धनकुटामा विमल बस्नेत, डोटीमा विष्णुहरि कोइराला, चितवन भावेश रिमाल, धनुषामा मित्रवन्धु शर्मा, झापामा मिलन केसी, रुपन्देहीमा रञ्जितसिंह राठौर, गुल्मी राजन भुजेल र सुर्खेतमा रुपेश खड्कालाई जिम्मेवारी दिइएको छ ।

स्याङ्जामा शालिग्राम शर्मा, महोत्तरीमा श्यामकुमार राई, सिरहामा सन्तोष आचार्य र बाँकेमा सुवास चन्द्र बोहरा सरुवा भएका छन । जिल्ला इन्चार्जको जिम्मेवारी पाएको एक वर्ष पूरा भएका एसपीलाई सरुवा गरिएको हो । यसअघि जिल्ला इन्चार्ज रहेकाहरूलाई अन्य कार्यालयमा खटाइएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.