एनकेकेकेए काभ्रे शाखा अध्यक्षमा श्रेष्ठ

बनेपा । नेपाल क्योकुशिन सेइसिन काइकान कराते संघ काभ्रे शाखाको अध्यक्षमा सुर्य श्रेष्ठ चयन भएका छन् । श्रेष्ठको अध्यक्षतामा काभ्रे शाखा गठन गरिएको हो । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकको अध्यक्ष मानवीर वाईबाको सभापतित्वमा नवगठित पदाधिकारी तथा सल्लाहकारहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । नेपाल क्योकुशिन सेइसिन काइकान कराते संघका केन्द्रिय अध्यक्ष अशोक कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नव गठित कार्यसमितिको अध्यक्षमा सुर्य श्रेष्ठ, उपाध्यक्षमा वसन्त नारायण भोछिभोया र संगम थापा, सचिव नहकुल केसी, सहसचिव धनेन्द्र तिमल्सिना (राज), कोषाध्यक्ष निलम श्रेष्ठ सदस्यहरूमा पुष्पा खड्का, कल्पना सापकोटा, पुजन महर्जन, संजय थापा, माधव खड्का रहेका छन् । त्यस्तै संघको प्रमुख सल्लाहकारमा महेश कर्माचार्य, सल्लाहकार महेश पौडेल, प्रेस सल्लाहरका कपिल कोइराला र नवराज बजगाई,ं कानुनी सल्लाहकार हरिशरण बस्नेत रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल क्योकुशिन सेइसिन काइकान कराते संघका केन्द्रिय अध्यक्ष अशोक कुमार श्रेष्ठले खेलाडीहरुलाई नयाँ नयाँ अवसर प्रदान गर्दै आएको बताउनुभयो । संघले नयाँ नयाँ खेलाडी जन्माउँदै लैजाने र उच्चस्तरिय प्रतियोगिता गरि समग्र खेल क्षेत्रमा राम्रो प्रभाव पार्ने बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाईबाले आफ्नो अध्यक्ष कार्यकालमा केही वर्षअघि वृहत काभ्रेपलाञ्चोक खेलकुद महोत्सव गरेको सम्झिए ।

स्थानीय निकायसँगको समन्वयमा खेलमैदान, कवर्डहल लगायत पूर्वाधार बनाउनु पर्ने बताए । अध्यक्ष वाईबाले खेलको माध्यमबाट अनुशासन, विकास र गतिशीलता हुने बताए । साथै नवनिर्वाचित समितिलाई वार्षिक रुपमा कम्तीमा एकवटा खेलकुदको कार्यक्रम गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासँघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिएका थिए । नव गठित कार्यसमितिले जिल्लाको १३ वटा स्थानीय तहमा खेलबारे जानकारी गराउनुपर्ने बताए । उहाँले खेल मार्फत समाजमा योगदान पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बनेपा नगरपालिका वडा नंं.८ को वडाध्यक्ष शुभलक्ष्मी मानन्धर, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख लालध्वज सुवेदी, विभिन्न सञ्चारमाध्यमका पत्रकारहरु, सामाजिक व्यक्तित्वहरु, सरोकारवालाहरु लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.