लायन्स क्लव पोखरा भृकुटीको ९ औं स्थापना दिवस सम्पन्न

कास्की, पोखरा । लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ एम नेपाल अन्तर्गतको लायन्स क्लव अफ पोखरा भृकुटीको ९ औं स्थापना दिवस,अवार्ड वितरण र पूर्व अध्यक्ष सम्मान कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ ।

प्रमुख अतिथि पूर्व  डिस्ट्रिक गभर्नर एवं पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले लायन्स क्लब अफ पोखरा भृकुटी सुसंस्कृत,परिस्कृत र लायन्स विधि विधानमा रहेर संचालित क्लब भएको जनाएका छन् ।

कार्यक्रममा डिस्ट्रिक क्याविनेट ट्रेजरर ला.शम्भुराज बास्तोला,सिग्नेचर प्रोजेक्ट एक्सपर्ट ई शारदा मोहन काफ्ले,  संस्थापक अध्यक्ष एवं न्यू भ्वाइस इनिसिएटिभ चिफ ला.पुष्पकुमारी आचार्य,भि डि जी स्पाउज एवं पढाउ अभियान चिफ विष्णु बराल, रिजन १ का रिजन चियर पर्सन ला.लक्ष्मी कोइराला,लायन्स क्लब अफ पोखरा ब्लु स्काइको अध्यक्ष ला.युवराज पौडेल लगायतले लायन्सको मर्म अनुरुप सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रसंसा गर्दै  स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।

उक्त अवसरमा लायन्स क्लव अफ पोखरा भृकुटीकी अध्यक्ष ला.लक्ष्मी पाण्डेले संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरेका थिए ।

त्यसै गरि लायन वर्ष २३/२४ जोन चियर पर्सन ला.गौरी कोइराला र निवर्तमान अध्यक्ष ला.सम्झना रानाभाटले आ- आफ्नो कार्यकालमा सहयोग गर्ने लायन लिडर तथा विभिन्न व्यक्तिहरुलाई अवार्ड प्रदान गर्नुभएको थियो ।

अध्यक्ष ला.लक्ष्मी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थापक अध्यक्ष एवं न्यू भ्वाइस इनिसिएटिभ चिफ ला.पुष्पकुमारी आचार्यले धन्यवाद पूर्व अध्यक्ष ला.दुर्गा अधिकारीले र संचालन निवर्तमान सचिव ला.शान्ति भुजेलले गर्नुभएको पोखराबाट पत्रकार खिमा गुरुङले बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.