उमा श्रेष्ठको तीज गीत “मैदानैमा ताल”

काठमाडौं । गायिका उमा श्रेष्ठको २०८१ सालको तीज लक्षित गीत दर्शकस्रोत माझ आएको छ । गीतका शब्दहरु श्रीकृष्ण क्षेत्रीको लेखेका हुन् । तीजको मौलिक शैलीको गीतमा गायिका उमा श्रेष्ठको एकल स्वर रहेको छ ।

मौलिक लोक शैलीमा तयार पारिएको गीतले तीजको समयमा मादल बजाई पीर दुःख भुलेर तीजमा रमाइलो गर्ने भाव बोकेको छ । गीतमा संगीत संयोजन नरेन्द्र वियोगीको रहेको छ ।

त्यस्तै गीतको मिक्सिङ, मास्टरिङ कुमार रानाले गरेका छन् । काठमाडौं स्थित मारुनी स्टुडियोमा रेकर्ड गरिएको मैदानैमा ताल गीत गायिका उमा श्रेष्ठको आधिकारिक युट्युब च्यानलबाट मार्फत हेर्न सकिने श्रेष्ठले जानकारी दिईन् ।

त्यस्तै गीतको भिडियोतर्फ रोमी बानियाँ लगायतका मोडलहरुले अभिनय गरेका छन् । गीतमा मेघा सापकोटाको मेकअप रहेको छ । रत्नकाजी जोशीको कोरियोग्राफी र निर्देशनमा तयार गरिएको भिडियोको छायाँकन मदन कास्यप घिमिरेले गरेका हुन् ।

ग्रामीण परिवेश र नारीहरुको महान चाड तीज आएको महसुस गराउने गीतको भिडियो सम्पादन अर्जुन खड्का र विश्वराम खड्काले गरेका हुन् । गीतको भिडियो ब्रम्हायणी डिजिटल मिडिया र दामी क्रियशनको ब्यानरमाम निर्माण गरिएको हो ।

 

गीतको भिडियो हेर्नका निम्ति प्ले बटनमा थिच्नुहोस्:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.