विष्णुमाया पौडेलको तीज गीत “साथी” चर्चामा (भिडियो सहित)

काठमाडौ । सञ्चारकर्मी एवं गायिका बिष्णुमाया पौडेलयु युट्युब च्यानलबाट सार्वजनिक “साथी” बोलको तीज गीति भिडियोले दर्शस्रोताको माया पाइरहेको छ । गीतिभिडियो पशुपति कोटिहोमबाट बाल योगेश्वर श्री बिजय कृष्णमुर्ति महाराजको बाहुलीबाट गित बजाएर भिडियो सार्वजनिक गरिएको थियो।

सार्वजनिक गरिएको गीत “साथी” सँगै उपस्थित भक्तजनहरु छमछमी नाचेर खुशी साटासाट गरेका थिए । गायिका तथा सञ्चारकर्मी बिष्णुमाया पौडेलले भिडियोबाट आउने सम्पुर्ण आम्दानी मानव सेवा फाउन्डेसन नेपाललाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ। कोटिहोम कार्यक्रममा आफ्नो तर्फबाट पनि सहयोग गर्न पाउदा गायिका पौडेलले खुशी व्यक्त गरेकी थिइन् ।

सोही अबसरमा मानव सेवा फाउन्डेसन नेपालले कोटिहोममा साथी गितका मुख्य टिमलाइ सम्मान गरेकोछ। सम्मानित हुनेहरूमा गायिका बिष्णुमाया पौडेल, वरिष्ठ इडिटर टेकेन्द्र शाह, छायांकार रामकुमार केसी, मोडल सुस्मा सिंह, ज्योतिष डा.राजकुमार सुवेदी, टोखा नगरपालिका वडा २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ रहेका छन्।

बिष्णुमाया पौडेलको शब्द रहेको गीतमा गायिका समिक्षा अधिकारी र बिष्णुमाया पौडेलले आवाज भरेका छन् । भिडियोमा चर्चित मोडल आभा थापा र सुस्मा सिंहको नृत्य तथा अभिनय रहेको छ। गीतमा आर .बी. केसिको म्युजिक /निर्देशन उत्कृष्ट देख्न सकिन्छ । जुन गीतको एरेन्ज कृष्ण बाजुरालीको रहेको छ भने नृत्य निर्देशन दिपेश एस के को रहेको छ । सञ्चारकर्मी एवं गायिका पौडेलको सांगितिक गीत कोसेलीले हर कोही तीज मान्ने नेपाली दिदीबहिनीलाई तीज आएको आभाष हुन सक्छ ।

गायिका पौडेलको साथी गीत हेर्न तलको युट्युब भिडियोको प्ले बटनमा क्लिक गर्नुहोस्: 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.