बिद्यार्थीलाई बिद्यालयमा टिकाउन सक्नु महत्त्वपूर्ण – शिक्षा अधिकारी गोबिन्द प्रसाद शर्मा

काठमाडौं । काठमाडौं महानगरपालिका शिक्षा बिभाग प्रमुख गोबिन्द प्रसाद शर्माले बिद्यालयहरुले बिद्यार्थीहरुलाई बिद्यालयमा टिकाउन सक्नु महत्त्वपूर्ण रहेको बताउनुभयो ।

काठमाडौं महानगर पालिका-२५ स्थित श्री कृष्णमन्दिर आधारभूत बिद्यालयमा Himalay Friends e.V Germany संस्थाले बिद्यार्थीहरुलाई उपलब्ध गराएको स्कुल पोशाक, जुत्ता, मोजा, झोला स्टेसनरी बितरण कार्यक्रममा प्रमुख अतिथि रहनु भएका शिक्षा अधिकारी शर्माले यस्तो बताउनुभएको हो।

बिद्यालयले उपलब्ध गराएको सेवा सुबिधा लिने तर बालबालिकाकाहरुलाई बिद्यालय नपठाउने देखिएकाले यस तर्फ अभिभावक, शिक्षकहरु सजक रहनुपर्ने बताउनुभयो । काठमाडौं महानगर पालिकाले सामुदायिक बिद्यालयको शिक्षा सुधारमा ठूलो लगानी गरेको बताउदै शिक्षा अधिकारी शर्माले बालबालिकाहरु बिद्यालयमा ६ घण्टा रहने अभिभावकहरुको साथमा १८ घण्टा रहने हुँदा आफ्ना नानी बाबुहरुलाई असल शिक्षा प्रदान गर्नमा अभिभावकहरुको ठूलो भुमिका रहने बताउनुभयो।

राजधानी भित्रै सामुदायिक बिद्यालय छनौट गरेर जर्मनीमा रहेको यस हिमालय फ्रेन्ड ई. भी. संस्थाले यस बिद्यालयमा पढ्ने बालबालिकाहरुलाई नेपाल सरकारले दिवा खाजा कार्यक्रम लागु गर्नु भन्दा २-४ वर्ष अगाडी देखि नै दिवा खाजा, स्कुल पोशाक स्टेसनरी साथै न्यून आय भएका अभिभावकहरुलाई समेत सहयोग उपलब्ध गराउदै आएको जानकारी आफुले पाएको बताउदै शिक्षा अधिकारी शर्माले संस्थाका नेपाल प्रतिनिधि प्रसान्त रेग्मी मार्फत काठमाडौं महानगर पालिका शिक्षा बिभागको तर्फबाट हिमालय फ्रेन्ड ई.भी. जर्मनीका Chairman Margit Eggemann, संस्थाका सदस्यहरु धन्यवादको पात्र रहनुभएको सन्देश पुर्याइदिन आग्रह गर्नुभयो।

काठमाडौं महानगर भित्रका सामुदायिक बिद्यालयमा लक्षित बर्गका सहयोगको आवश्यकता रहेका धेरै बालबालिका रहेको बताउदै शिक्षा अधिकारी शर्माले त्यस्ता लक्षित बर्गलाई ध्यानमा राख्दै सहयोगका हातहरु बढाउने तर्फ संस्था अगाडी बढने बिश्वास ब्यक्त गर्नुभयो। आधारभूत तह ५ कक्षा सम्म संचालित यस बिद्यालयमा संस्थाको सहयोग, शिक्षकहरुको मेहनका कारण अन्य आधारभूत बिद्यालयमा भन्दा बिद्यार्थी संख्या धेरै रहेको र यी बालबालिकालाई बिद्यालयमा टिकाउन बि ब्य स, शिक्षक अभिभावक संघ, शिक्षकहरुको अझै महत्वपूर्ण भुमिका रहने शार्माले बताउनु भयो।

कार्यक्रममा संस्थाका नेपाल प्रतिनिधि प्रसान्त रेग्मीले ६ वर्ष अगाडी २०७६ सालमा संस्थाका अध्यक्ष सहितको टीमले बिद्यालयको अवलोकन हुँदा बालबालिकाहरु भोकै स्कुल आएको, स्कुल पोशाक नभएको अवस्था देख्दा सोही वर्ष देखि यस बिद्यालयमा दिवा खाजा, स्कुल पोशाक र स्टेसनरीमा सहयोग गर्दै आएको बताउनुभयो । दिवा खाजा नेपाल सरकार, काठमाडौं महानगरपालिकाले उपलब्ध गराउन थाले पछि २ वर्ष देखि यस बिद्यालयका सम्पुर्ण बिद्यार्थीहरुलाई स्कुल पोशाक, स्कुल झोला, वर्षै भरीका लागि कापी कलम स्टेसनरी उपलब्ध गराउदै आएको रेग्मीले बताउनुभयो। आगामी दिनहरुमा पनि सहयोगको कार्यक्रमलाई निरन्तरता दिन आफ्नो तर्फबाट सहयोग हुने बताउनुभयो। बिद्यार्थीहरुले प्राप्त गरेको सहयोग संगै यस बिद्यालय अभिभावक बिद्यार्थीहरुको रोजाइमा रहेको र बालबालिकाहरुले राम्रो शिक्षा प्राप्त गरिरहेको आफुहरुले पाएको रेग्मीले बताउनुभयो। बिद्यालयले संस्था संग समन्वय गरि अभिभावकको दायित्वमा पर्ने पोशाक स्टेसनरी उपलब्ध गराउदै आएको र अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई सफा पोशाकमा नियमित बिद्यालय पठाउन अनुरोध गर्नुभयो।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष एवं काठमाडौं महानगर पालिका वडा नं. २५ वडाध्यक्ष राजेश डंगोलले लामो समय देखि यस बिद्यालयका बालबालिकालाई सहयो गर्दै आउनु भएकोमा हिमाल फ्रेन्ड ई भी जर्मनीका पदाधिकारी एवं संस्थाका नेपाल प्रतिनिधि प्रसान्त रेग्मी प्रति सम्मान व्यक्त गर्नुभयो । आफू ब्यवस्थापन समितिको अध्यक्ष एवं कामपा २५ वडाको जनप्रतिनिधि भएकाले पनि यस बिद्यालयको भौतिक अवस्थाको बिकास, शैक्षिक सुधारको लागि काम गर्ने बताउनुभयो । अभिभावकले आफ्ना बालबालिकालाई नियमित बिद्यालय पठाउन र शिक्षकहरुले पनि नियमित निगरानीमा राखेर अध्यापन गराउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा बिद्यालयका शिक्षक दीपक प्रसाद चौलागाईंले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा बिद्यालय स्रोत शिक्षक कमल भट्ट, पुर्व प्र.अ. देबु कुमारी शर्मा, प्र.अ. राजेश महर्जन, बि.ब्य.स. सदस्यहरु अभिभावक संघका सदस्य, अभिभावकहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *