“पाउन नसकेकाे माया”
काभ्रे पोष्ट
२०८१ भदौ १५ गते १४:३९
♦ अशोक बुद्ध लामा(गुरु)
सुयोग र स्मृतिसँगै पढ्ने साथी मात्र हैन एक अर्कालाई धेरै माया गर्ने प्रेमी प्रेमिका पनि थिए । उनीहरु गाउँमा जन्मिएका थिए । गाउँमै हुर्केका थिए अनि गाउँकै विद्यालयमा पढ्थे । गाउँकाे प्राथमिक कक्षा सकिने बितिकै बजारमा गएर कक्षा ६ मा भर्ना भइ अध्ययन सुरु गरे ।
कक्षामा पढ्दा पढ्दै उनीहरु एकअर्कामा परिचित भए । दुबै पढाइमा अब्बल थिए । स्मृति पढाइमा सधै प्रथम हुन्थे भने सुयोग द्वितिय, उनीहरु दुबै जेहेन्दार विद्यार्थी थिए,बढो मेहेनतका साथ पढ्थे । समयसँगै SLC को परीक्षा नजिकियो उनिहरु दिनमा २ घण्टा मात्रै सुतेर अरु समय पढाइमा लगाउथेँ, परीक्षा दियो र परीक्षा धेरै राम्रो पनि भयो । दुबै जना विशिष्ट श्रेणी सहित उतिर्ण भयो । सुयोगकाे अधिकृत बन्ने लक्ष्य थियाे भने स्मृति न्यायाधीश बन्ने ।
समय बित्दै थियो, उनीहरु एकअर्कामा आकर्षित हुदै गए । सुयोगले सोच्न थाल्यो- पढाइमा म भन्दा अब्बल छे,मेहेनती, नम्रता, भद्रता, सिलस्वभाव सबै राम्रो छ कास मैले स्मृतिलाई पाएमा…. , एकदिन सुयोगले स्मृतिलाई कलेज नजिकैको चौतारामा बोलायाे र भन्याे “स्मृति- हामी धेरै नजिक छौं एकले अर्कोलाई बुझेका छौं म तिमीलाई प्रेम प्रस्ताव राख्छु- म तिमीलाइ धेरै मन पराउछु माया गर्छु, सँगै जीवन विताउन चाहान्छु हामी दुख सुख सँगै बिताउन चाहान्छु म तिमीलाई प्रेम प्रस्ताव राख्छु I Love You….,”
स्मृतिले भनी- “सुयोग तिमी मेरो धेरै मिल्ने साथी म तिमीलाई राम्रोसँग चिन्दछु, बुझ्दछु मलाई सोच्न केही समय देउ ।” सुयोगको मनमा, उत्तर कस्तो आउछ ! हुन्छ भन्ने हो कि नाई । यो कुराले मनमा आँधीबेहुरी ल्याउन थाल्याे । उता स्मृतिले सोच्न थाल्छे- पढाइमा राम्रो, मेहेनती, परिश्रमी, सुशिल छ । सुशिलजस्तो मान्छे आफुले पाउनु भनेको आफु भाग्यमानी हो सोच्दै १ हाप्तापछि स्मृतिले सुयोगको प्रेम प्रस्ताव स्वीकार गरि ।
दुवैले एक अर्कोलाई धेरै माया गर्छन् । मुनामदन, रोमियोजुलियट, नैनामज्नुको भन्दा उनीहरुको जोडी राम्रो देखिन्छ । कलेजले लिने विभिन्न क्रियाकलापमा उनीहरुसँगै हुने देखि उडिरहेको जोडी पंक्षीमा समेत आफ्नो प्रेमको कल्पना गर्दथे सुयोग भविष्यमा अधिकृत र स्मृति न्यायाधीश बन्ने र जीन्दगी सुखमय तरिकाबाट बिताउने प्रण गर्दथे !
समय बित्दै थियो स्मृति घरको एक्ली छोरी थिइ, स्मृतिको बिहे परिवारले राम्रो कुलघरानमा गरिदिने निधो गर्छन् । घरको एक्ली छोरी भएकाले स्मृतिले पारिवारको निर्णयलाई नकार्न सक्दिनन् र उनले परिवारको रोजाइसँग बिहे गर्छिन् र उता सुयोग स्मृतिसँगको बिछोडमा जाँडरक्सी खाँदै आफ्नो प्रेमलाई भुल्ने प्रयास गर्न थाल्याे । ऊ कुलतमा फस्छ र नराम्रो संगतमा हिड्छ । एकदिन ऊ व्यक्ति हत्याको अभियोगमा कारागारमा पुग्छ र यो मुद्दा अदालतमा पुग्छ । अदालतको न्यायाधीश अरु कोही नभएर उसको पुर्व प्रेमिका स्मृति हुन्छे र आफ्नो पुर्व प्रेमीलाई हतकडीमा देख्दा स्मृति निकै दुखित हुन्छे ।
सुयोग व्यक्ति हत्याको अभियोगमा दोषी ठहर्छ । अन्त्यमा न्यायाधीशले तिमी त्रिचन्द्र कलेजमा पढ्ने बर्ष २०६७ मा SLC दिने धेरै मेहनती, जेहन्दार भविष्यमा अधिकृत बन्ने लक्ष्य बोक्ने स्मृतिलाई माया गर्ने स्मृतिको प्रेमी नै हौ?? यो कुरा स्मृतिकै मुखबाट सुन्दा सुयोग भक्कानिन्छ र डाँको छोडेर रुन्छ । स्मृति भन्छे पहिलेकै जेहेन्दार, इमानदार, मेहेनती सुयोगको रुपमा देख्न चाहान्छु तिमी पहिलेकै लयमा फर्क । यतिकैमा सुयोगलाई हतकडी लगाएर प्रहरीले लान्छ! स्मृति सुयाेगतिर फर्केर एकाेहाेराे हेरिरहन्छिन् …..
(यस लघु कथाका लेखक लामा रोशी साहित्य मञ्चका सचिव हुनुहुन्छ)
प्रतिक्रिया
ताजा खबर