चाडपर्व लक्षित बजार अनुगमन

नेपालीहरूको महान पर्व बडा दशै, तिहार तथा छठ पर्व नजिकैदै गर्दा सरकारले चाडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित १० वटा टोली गठन गरेर विशेष बजार अनुगमन शुरु गरेको हो । अनुगमन टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्नेछन्।

चाडपर्वको समयमा व्यापारीहरूले बढी नाफा आर्जन गर्नेगरी जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तु बेच्ने लगायतका जनगुनासो आउने गरेका छन । यसैलाई लक्षित गर्दै चाडपर्व अगावै विभागले अनुगमनलाई तीव्रता दिएको छ ।

विभागले सबै अनुगमन टोलीलाई खास खास क्षेत्रहरू तोकेर अनुगमन गर्न निर्देशन दिइएको विभागका प्रवक्ता रविन्द्र आचार्यले जानकारी दिएका छन । प्रमुख बजार क्षेत्र, खासगरी काठमाडौंको कलंकी, बालाजु, बुढानिलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललिपपुरमा समेत क्षेत्र तोकेर अनुगमन टोली परिचालन गरिएका छन् ।

राजधानी लगायत मुलकभरका सदरमुकाम, सबै जिल्ला प्रदेश र स्थानीय तहलाई पनि अनुगमन, आपूर्ति सन्तुलन र मूल्य नियन्त्रणमा सहजीकरण गर्न बिभागले अनुरोध गरेको छ । चाडपर्व नजिकिदै गर्दा बजारमा अपत्यारिलो रुपमा आम उपभोक्तले उपयोग गर्ने खाद्य बस्तु लगायत लत्ताकपडाको मुल्यमा ४० प्रतिशतले मूल्य वृद्धि भएको आम उपभोक्ता हरुको गुनासो छ ।

बजार अनुगमनले व्यवसायीहरुमा आतंक फैलाउने भन्दा पनि सर्वसुलभ रुपमा आम उपभोक्ताले उपभोग गर्ने सामाग्री सहज र सर्वसुलभ मुल्यमा पाउन सक्ने व्यवस्थामा ध्यान दिन जरुरी छ । बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरहिन अखाद्य वस्तु विक्री वितरण गरी उपोभोक्ता ठग्ने व्यापारीलाई भने अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउन सक्नु पर्दछ । सरकारले चाडपर्व लक्षित मात्र नभएर बाह्रै महिना बजार अनुगमन गरि मुल्य वृद्धि नियन्त्रण साथै बजार गुणस्तर कायम गराउन सक्नुपर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.