बनेपामा थ्री डि एक्स्पो सम्पन्न

बनेपा । बनेपा स्थित ड्रिम्स एनिमेसन एकेडेमी एण्ड स्टुडियोजको आयोजना र बनेपा नगरपालिकाको प्रस्तुतिमा एक दिने थ्रीडि एनिमेसन एण्ड एक्स्पो सम्मेलन सम्पन्न भएको छ । अविरल वर्षा भएपनि आयोजकले थ्रीडि एनिमेसन अनलिस्ड प्रदर्शन गरि सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले यस कार्यक्रमले युवाहरुलाई प्रविधिको माध्यमबाट रोजगारीमा जोड्ने बताउनुभयो । युवाहरुले राम्रो कमाई गर्न सक्ने र स्वदेशमै रोजगारी बढाउन सक्ने भएकाले आगामी दिनमा पनि नगरपालिकाले सहायता प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा थ्रिडी डिजाइन, रोबोटिक्स, भिएफएक्स र आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विषयमा प्रदर्शनी गरिएको थियो । एक्सपोमा सयौं युवाहरुको सहभागिता रहेको ड्रिम्स एनिमेसन एकेडेमी एण्ड स्टुडियोज् बनेपाका प्रमुख कार्यकारी अधिकृत मनिष देउलाले जानकारी दिए । कार्यक्रमले नयाँ प्रविधिमा रुचि राख्ने विद्यार्थी, पेशाकर्मी एवं प्रविधिप्रेमीलाई लाभ मिलेको बताइएको छ ।

प्रमुख कार्यकारी अधिकृत देउलाका अनुसार यस विषयमा पढ्न सिक्न चाहने इच्छुकलाई सिक्नका लागि परामर्श समेत प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न प्राविधिक प्रदर्शनीहरू, कार्यशालाहरू भएका थिए । अवलोकनकर्तालाई विभिन्न अत्याधुनिक प्रविधिहरूसँग परिचय गराइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.