२९ हजार बोटल अखाध्य पेय पदार्थ नष्ट

धुलिखेल । पेय पदार्थ स्लाइसमा अखाद्य पदार्थ भेटिएपछि बनेपा स्थित एएनए मार्केटिङ (स्लाइस डिलर) गोदाम शिल गरिएसँगै २९ हजार बोत्तल अर्थात १२ सय क्रेट स्लाइस नष्ट गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धुलिखेल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, सुरक्षाकर्मी लगायत सरोकारवालाको उपस्थितीमा स्लाइस नष्ट गरिएको हो ।

धुलिखेलको अड्डाबजारमा बेच्न राखिएको स्लाइसमा लेदो भेटिएपछि उपभोक्ताले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धुलिखेललाई खबर गरेको थियो । तत्पश्चात कार्यालयको टोली अखाद्य अवस्थामा रहेको पेय बेच्न हिडेको गाडी पछ्याई गोदामसम्म पुगेको हो ।

कार्यालयले २९ हजार बोटल अर्थात १२ सय क्रेट स्लाइस पुण्यमाता खोलामा नष्ट गरि बगाएकोे खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धुलिखेलका प्रमुख मनिषा चापागाईले बताउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धुलिखेलले डिलर र उत्पादक कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ । चापागाईंका अनुसार बजारमा समेत उक्त कम्पनीको स्लाइस विक्री भइसकेको हुन सक्ने भन्दै आम उपभोक्तालाई सचेत रहन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.