सहयात्राको १७ औं वार्षिक साधारण सभा सम्पन्न 

पनौती । पनौती नगरपालिका वडा नं. ६ गुराँसमार्ग स्थित प्रधान कार्यालय रहेको सहयात्रा देवीस्थान बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको  १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभा कार्यक्रम तिनवटा सेवा केन्द्र र प्रधान कार्यालयमा गत शुक्रवार उपस्थिति तथा सुझाव संकलन गरिएको थियो । पनौतीमा अवस्थित श्रीराम पार्टी प्यालेस सभाहलमा शनिबार साधारण सभा समापन समारोह  समापन भएको हो ।

सभाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष गोबिन्द प्रसाद न्यौपानेले  संस्थामा वित्तीय सुशासन कायम राख्दै बहुउद्देश्यीय क्रियाकलापलाई जोड दिई सदस्यहरुको जीवनस्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

 संस्थामा विभिन्न विधामा उत्कृष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष गोविन्द प्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव हरी शंकर तिमल्सिनाले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा गरेका कार्य तथा आगामी वर्षका रणनीतिक योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।

कोषाध्यक्ष आनन्द सापकोटाले प्रतिवेदन मार्फत संस्थाको आर्थिक गतिविधिका विषयमा जानकारी गराउनुभएको थियो । सापकोटाका अनुसार २ हजार ७ सय ९२ जना शेयर सदस्य रहेको संस्थामा २० करोड २५ लाख रुपैयाँ कुल पुँजी रहेको छ ।

सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक नरहरि भण्डारीले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका आर्थिक कृयाकलाप तथा गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

सभामा सहकारीका सन्चालक समितिका पदाधिकारी, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक एवं पदाधिकारीहरु, सेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

यही असोज ११ र १२ मा बाढी पहिरोबाट क्षतिग्रस्त घरबार बिहिन पनौती नगरपालिका भित्रका नगरबासीहरूलाई सहयोग गर्नको लागि उपस्थित सदस्यहरुबाट स्वैच्छिक सहयोग समेत संकलन गरिएको व्यवस्थापक गौतम प्रजापतिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.