अबैध रुपमा जुवा तास खेलमा संलग्न हुनेहरू पक्राउ

धुलिखेल । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले अवैध रुपमा जुवा तास खेलमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

यही कार्तिक ७ गते राति ९ बजेको समयमा उनीहरूलाई पनौती नगरपालिका वडा नं.०९ रातेमाटे स्थित लक्ष्मी थोकरको घरबाट नियन्त्रणमा लिइएको हो ।

जुवा खालबाट बिभिन्न दरका २ हजार रुपैयाँ र जुवा खेल्ने ब्यक्तिहरुको साथबाट जम्मा रकम रु ९५ हजार रुपैयाँ फेला परेको काभ्रे प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा खानिखोला – ५ स्थाई घर हाल पनौती -९ बस्ने ३७ वर्षिय को देवराज बल, सिन्धुली जिल्ला साविक हरीहरपुर गढी गा.पा.०१ पनौती-९ बस्ने २० वर्षिय को निरजमान घिसिङ , पनौती नगरपालिका वडा नं.९ बस्ने २६ वर्षिय गोल बहादुर घिसिङ, पनौती नगरपालिका-९ बस्ने जगत बहादुर घिसिङ र पनौती नगरपालिका वडा नं.०९ बस्ने ५६ वर्षिय अक्कल बहादुर घिसिङ रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरूलाई कानुन बमोजिम पक्राउ गरी सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट मुलुकी अपराध संहिता, २०७४ को दफा १५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा दिन-५ (पाँच) म्याद थप भई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रनाउ मिन बहादुर घलेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.