मनकामना साकोसको २९ औं वार्षिक साधारण सभा सम्पन्न

बनेपा । बनेपा नगरपालिका वडा नं. ५ स्थित मुख्य कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लि. को २९ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

 

कार्तिक ७ देखि ९ गतेसम्म सेवा केन्द्रहरुमा संचालित सभा शनिबार अरनिको पार्टी प्यालेस बनेपामा आयोजना गरिएको हो । जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे प्रमुख आतिथी रहनुभएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष बालकृष्ण दाहालले गर्नुभएको थियो ।

 

यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा गङगा घिमिरे सम्मानित हुनुभयो ।

साधारण सभाले गोपालप्रसाद घिमिरेको अध्यक्षतामा नयाँ समिति सर्वसम्वत चयन गरेको छ । समितिको उपाध्यक्षमा विदुरप्रसाद घिमिरे, सचिव नवराज आचार्य, कोषाध्यक्ष विकास शर्मा तिमल्सिना रहनुभएको छ्न् ।

 

सदस्यहरुमा मुक्तिनाथ तिमल्सिना, राजु दाहाल, राजेश तिमल्सिना, लक्ष्मणप्रसाद पौड्याल, शोभा गौतम, सुधा दाहाल र सुर्यप्रसाद काफ्ले रहेका छन् । लेखा तथा सुपरिवेक्षण समितिमा देवप्रसाद कोईरालाको संयोजकत्वमा सुन्दर श्रेष्ठ र कमला सापकोटा सदस्य छन् ।

 

निर्वाचन समितिमा संयोजक पुजन जंगमको संयोजकत्वमा शंकरप्रसाद दुलाल र गुरुप्रसाद ढकाल सदस्य रहनुभएको थियो । सभामा सचिव होमनाथ ढुङ्गेलले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष विदुरप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मोटप्रसाद सापकोटाले लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

९ हजार ९ सय १९ सदस्य रहेको संस्थाको वासलात २ अर्ब २६ करोड ६० लाख ३० हजार ९ सय ५ रहेको प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहालले बताए । १ अर्ब ८३ करोड ८२ लाख ८४ हजार २ सय ६६ बचत, १ अर्ब ७९ करोड ४३ लाख ९६ हजार ऋण लगानी, २५ करोड ३६ लाख १६ हजार ६ सय शेयर पुँजी रहेको संस्थाको संस्थागत पुँजी १४ करोड रहेको छ । संस्थाका उपाध्यक्ष गोपालप्रसाद घिमिरेको स्वागत मन्तब्य राख्नु भएको थियो।

 

कार्यक्रममा बनेपा नगरपालिका वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारी, संस्थाका सल्लाहकारहरु, पुर्व अध्यक्षहरु, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सह सचिव विकास बादे, अतिथी हुनुहुन्थ्यो ।

 

सस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल ले सस्थाले नीति विधि र पद्धतिमा प्राविधिको उच्चतम प्रयोग गरि शेयर सद्स्यहरुको बृहत्तर हितको कार्य गरेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.