मानिखेलका ३८ घरधुरी बाढीपहिरो पीडितलाई राहत सामग्री वितरण

ललितपुर । महाङकाल गाउँपालिका वडा नं.२ मानिखेलका ३८ घरधुरी बाढी पहिरो पीडितलाई नेपाली समाज ओरडिया रोमानिया ग्रुपमा आवद्ध नेपालीहरुबाट संकलित रु.४३ हजार २ सय ७४ रुपैयाँ,लक्ष्मण बम्जन तामाङ पोर्तुगलबाट रु.५ हजार र सुदिप स्याङतान तामाङबाट रु.३ हजार गरि रु.५१ हजार २७४ रुपैयाँ आर्थिक सहयोगको व्यवस्थापनमा आइतबार प्रति घर बिजुलीबाट पानी तताउने जग र एक/एक क्रेट अण्डा राहत स्वरुप वडाध्यक्ष एवं महाङकाल गाउँपालिका प्रवक्ता जोनि ङेसुर तामाङले वितरण गर्नु भएको छ ।

 

बुद्ध युथ क्लबकी सचिव ङिमाडोल्मा तामाङकानुसार नेपाली समाज ओरडिया रोमानिया ग्रुपमा आवद्ध नेपालीहरुबाट संकलित आर्थिक सहयोगको व्यवस्थापनमा नेपाली समाज ओरडिया रोमानियाका सदस्य सुजन सिँगार तामाङको विशेष सहयोगमा र बुद्ध युवा क्लबका अध्यक्ष ईश्वर स्याङतान तामाङको उपस्थितिमा सोही क्लबको समन्वयमा उक्त राहत सामग्री वितरण गरिएको जनाएकी छिन् । गत असोज १२ गते शनिबार गएको बाढीपहिरोबाट मानिखेल वडा भरिमा ८ जना नागरिकहरुको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.