जिल्लामै पहिलो पटक काभ्रे कबड्डी लिग हुँदै
बनेपा । काभ्रे कबड्डी एकेडेमीको आयोजनामा जिल्लामै पहिलो पटक कबड्डी लिग हुन लागेको छ । काभ्रे कबड्डी लिगको पहिलो संस्करण यही माघ १० गतेदेखि सुरु हुने आयोजकले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताए । भने दोस्रो हुने टिमले ११ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट रेडर, उत्कृष्ट डिफेन्डर, एमभिपी, उत्कृष्ट अलराउन्डर तथा म्यान आफ दि म्याच खेलाडीलाई पनि अवार्ड प्रदान गरिने आयोजकले बताए । लिगमा सहभागि हुन दर्ता खुलिसकेको र सहभागिताका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको काभ्रे कबड्डी लिगका सचिव पुकार बोगटीले काभ्रेपोष्टलाई जानकारी दिए ।
बोगटीका अनुसार यही माघ ६ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । प्रतियाेगिता बुडोल स्थित जिल्ला खेलकुद विकास समिति कार्यालयको प्राङ्गणमा आयोजना गर्न लागिएको सचिव बोगटीले जानकारी दिए ।