भञ्ज्याङखर्कका २३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काभ्रेपलाञ्चोक । बेथानचोक गा.पा. वडा नं. ६ महाङकालचौंर, भञ्ज्याङखर्कस्थित श्री कालीदेवी प्राथमिक विद्यालयमा अध्ययनरत २३ जना विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन, गत असोज १२ गते गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीको मनोबल बढाउन र तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व तथा नयाँ वर्ष,डुल ल्हो (सा पुख्री) सर्प वर्ग, मञ्जुश्री सम्वत २८६१ को पावन अवसरमा सोमबार लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक,काठमाडौंको संयोजन तथा व्यवस्थापनमा शैक्षिक सामग्री वितरण समारोह सम्पन्न भएको छ ।

विद्यालयका प्रधानाध्यापक वसन्त के.सी.कानुसार स्थानीय समाजसेवी एवं विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य श्रीमान तामाङको प्रमुख आतिथ्यमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपि, पेन्सिल, इरेजर, कटर,स्केल लगायतका सामग्री प्रदान गर्नु भएको, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर तामाङको सभाध्यक्षतामा आयोजित समारोहमा अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *