नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पाटन इकाई समितिमा नयाँ नेतृत्व निर्वाचित

लगनखेल, ललितपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन ललितपुर पाटन इकाइको २६औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। शनिबार लगनखेल स्थित मालपोत कार्यालयमा आयोजित जिल्ला अधिवेशन तथा साधारणसभाबाट दिपक कुमार केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

 

नव-निर्वाचित कार्यसमिति

अध्यक्ष: दिपक कुमार केसी

उपाध्यक्ष: फडिन्द्र प्रसाद खनाल

सचिव: भरत घिमिरे

सहसचिव: विष्णु प्रसाद घिमिरे

कोषाध्यक्ष: ऋषिकेशव कँडेल

सह-कोषाध्यक्ष: श्रद्धा महर्जन

 

कुल ३६४ मतदाता मध्ये ३२२ सदस्यको सहभागिता रहेको निर्वाचनबाट सदस्यहरूमा पवन घिमिरे, निरोज राई, उमा जोशी, अजय महर्जन, हरिकृष्ण थापा, रत्नकाजी महर्जन, र संगीता राई रहेका छन्।

 

नयाँ नेतृत्वको प्रतिबद्धता

नयाँ कार्यसमितिले संस्थालाई अझ सबल र प्रभावकारी बनाउन विभिन्न योजनाहरू अघि सार्ने प्रतिबद्धता व्यक्त गरेको छ। संस्थाको भावी योजनाबारे अध्यक्ष दिपक कुमार केसीले धन्यवाद व्यक्त गर्दै, आगामी दिनमा व्यवसायीहरूको हकहितका लागि सशक्त रूपमा कार्य गर्ने बताएका छन्।

संस्थाको २६औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएकोमा सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै नेतृत्वले नयाँ योजनाहरूलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *