चौथो रोशी कप तथा प्रथम इण्डो-नेपाल कराँते प्रतियोगिता हुँदै

रोशी । रोशी गाउँपालिकामा यही फागुन ९ र १० गते चौथो रोशी कप तथा प्रथम इण्डो-नेपाल फुल कन्ट्याक्ट कराँते प्रतियोगिता-२०८१ आयोजना हुने भएको छ। प्रतियोगिता रोशी गाउँपालिका-७ कटुञ्जेवेंशीस्थित रोशी माध्यमिक विद्यालयमा सम्पन्न हुनेछ।

नेपाल खेलकुद तथा सामाजिक विकास केन्द्र, रोशी गाउँपालिका-५ को आयोजनामा हुने यो प्रतियोगिता विश्व स्वतन्त्र क्योकुशिन संगठन नेपाल को संयोजनमा रोशी गाउँपालिकाको सहयोग मा सम्पन्न हुन लागेको हो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री तिर्थ लामा रहनेछन्।

कार्यक्रममा विशेष अतिथिका रूपमा जिल्ला समन्वय समिति उपप्रमुख रिम बहादुर तामाङ, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिम बहादुर वाइबा (ज्वाला) तथा जिल्ला खेलकुद विकास समिति अध्यक्ष मानविर लामा सहभागी हुनेछन्।

त्यसैगरी, समापन समारोहमा पूर्व मन्त्री महागुरु जगत प्रसाद गौचन प्रमुख अतिथिका रूपमा उपस्थित रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *