खावा-ठुलिटार-कल्छे सडकको बडालगाउँ खण्ड कालोपत्रे हुँदै

खावा । धुलिखेल नगरपालिका वडा नं. ८ खावा–ठुलिटार–कल्छे सडकको बडालगाउँ खण्ड कालोपत्रे निर्माण कार्य सुरु भएको छ । धुलिखेल नगरपालिका नगर प्रमुख अशोक कुमार ब्याञ्जुले उक्त सडकखण्ड कालोपत्रे निर्माण कार्यको शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख व्याञ्जुले गुणस्तरिय काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो । प्रमुख व्याञ्जुले वडा नं.८ मा विभिन्न गौरवको योजना अघि बढेको बताउनुभयो । स्थानीय र राष्ट्रिय आवश्यकताको हिसाबले यस वडामा विभिन्न विकासका योजनाहरु आइरहेको हुँदा विकास निर्माणको कार्यमा स्थानीयको सधैं साथ र सहयोग हुनुपर्ने बताउनुभयो ।

शिलान्यास कार्यक्रममा नगरउपप्रमुख निराजन जंगम, वडा नं. ८ का वडाध्यक्ष विनोद गौतम, वडा नं. ११ का वडाध्यक्ष नारायण बडाल, स्थानीय, निर्माण कम्पनीका प्रतिनिधिहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । वडा नं. ८ का वडाध्यक्ष गौतमले यस वडामा धार्मिक प्रतिष्ठान, आणविक अनुसन्धान केन्द्र र फिल्म सिटी निर्माण कार्यको लागि योजना अघि बढेको जानकारी दिनुभयो । नगरपालिकाले पुर्बाधार बिकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक र खानेपानीको दिगो बिकास लक्ष्य प्राप्तिको लागि विभिन्न कार्य गरिरहेको छ ।

उक्त सडकखण्ड ४० मिलिमिटर बाक्लो आस्फाल्ट कालोपत्रे गरिने बताइएको छ । उक्त सडकखण्ड १ कि.मि १ सय ५५ मिटर रहेको र लागत १ करोड ६६ लाख २१ हजार ६० रुपैयाँमा ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ । छायाश्र्वरी /आर.पि. जे.भी ले ठेक्का पारेको हो । आगामी जेठ मसान्तसम्म कालोपत्रे गरि निर्माण सम्पन्न हुने निर्माण व्यवसायी रबिन गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *