नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन पाटन इकाई समितिको सहसचिव पदमा विष्णु घिमिरेको उम्मेद्वारी


ललितपुर, । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन पाटन इकाई समितिको सहसचिव पदका लागि विष्णु घिमिरेले औपचारिक रुपमा उम्मेद्वारी दिएका छन् । एसोसिएसनको १२ औं अधिवेशन तथा २६ औं वार्षिक साधारण सभा यही माघ २६ गते हुन गइरहेको छ, जसअन्तर्गत नयाँ नेतृत्व चयन हुनेछ ।
विष्णु घिमिरेले उम्मेद्वारी घोषणा गर्दै आफू संस्थागत रूपमा इमानदार र पारदर्शी ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कानून व्यवसायीहरूको हकहितका लागि निरन्तर क्रियाशील रहन र एसोसिएसनलाई अझै प्रभावकारी बनाउन आफ्नो योगदान रहने बताएका छन्।
घिमिरेले आफ्नो उम्मेद्वारी घोषणापछि दिएको वक्तव्यमा संस्थाको सुदृढीकरण, सदस्यहरूका हकहितको संरक्षण, तथा पेशागत नैतिकताको प्रवर्द्धनका लागि आफू सधैं सक्रिय रहने बताएका छन्। उनले भने, “संस्थागत रूपमा पारदर्शिता, जवाफदेहिता र पेशागत मर्यादालाई कायम राख्ने मेरो पहिलो प्राथमिकता हुनेछ। सदस्यहरूको समस्याको समाधानका लागि प्रभावकारी नीति अवलम्बन गर्दै संगठनलाई अझ मजबुत बनाउन भुमिका खेल्नेछु । “
संगठनको अधिवेशन अन्तर्गतको मतदान कार्यक्रम माघ २६ गते बिहान ११ः०० बजेबाट सुरु हुनेछ। मतदाताहरूले आफ्नो मतदान अधिकार प्रयोग गर्दै उपयुक्त नेतृत्व चयन गर्नेछन्। यस निर्वाचनको नतिजाले आगामी कार्यकालका लागि नेतृत्वको स्वरूप निर्धारण गर्ने भएकाले सबै पक्षहरूको चासो यसमा केन्द्रित भएको छ।
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन पाटन इकाई समिति नेपालभरका कानून व्यवसायीहरूको साझा संगठन हो, जसले पेशागत हकहित संरक्षणका साथै कानूनी सेवा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यही परिप्रेक्ष्यमा हुने निर्वाचनलाई महत्वका साथ हेरिएको छ।
यस पटकको निर्वाचनमा अन्य पदका लागि समेत प्रतिस्पर्धीहरूले उम्मेदवारी दिएका छन्। विजयी हुने उम्मेदवारहरूले आगामी ३ वर्षे कार्यकालमा संस्थाको अभिवृद्धि र सुदृढीकरणका लागि विशेष काम गर्ने अपेक्षा गरिएको छ।