एक्सप्रेस बचत तथा ऋण सहकारीको दोस्रो संस्थागत कार्यक्रम सम्पन्न


बनेपा । एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले आफ्नो दोस्रो संस्थागत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम फाल्गुन ७ गते बुधवार सम्पन्न भएको हो ।
बनेपा नगरपालिका वडा नम्बर ६, बुडोलस्थित गोसाईथानको खुला चौरमा आयोजित कार्यक्रममा संस्थाका सदस्यहरू भेला भई सहकारी सिद्धान्तअनुसार ‘शिक्षा, तालिम र सूचना’ अन्तर्गत ‘सदस्य सूचना तथा अन्तरक्रिया कार्यक्रम–२०८१’ सफलतापूर्वक सम्पन्न गरिएको थियो ।
कार्यक्रममा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा अन्तरक्रियात्मक पजल खेलको समेत आयोजना गरिएको थियो । यस खेलमार्फत सदस्यहरूले रमाइलो वातावरणमा आ–आफ्ना जिज्ञासा, सल्लाह तथा सुझावहरू राखेका थिए । यसक्रममा सदस्यहरूले सहकारीसँग सम्बन्धित विभिन्न विषयमा प्रश्न राखी छलफल गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वर के.सी.ले सहकारीको विगतदेखि वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । उपाध्यक्ष सीता ओझाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव उद्धव प्रसाद तिमल्सिना र प्रमुख कार्यकारी अधिकृत अरुण थापाले गरेका थिए ।
कार्यक्रममा दयाराम महत, विष्णु पाण्डे, टिकाराम घिमिरे, नरेन्द्र विष्ट, सुमित्रा तिमल्सिना, बद्री न्यौपाने, अञ्जु खड्का, माधव प्रसाद पराजुली, बद्री पौडेल लगायतले आफ्नो धारणा तथा सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रममा सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, उपसमितिहरू र कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । सहकारीको समिक्षा, वर्तमान अवस्थामा सहकारीका चुनौतीहरू, सदस्य र संस्थाबीचको सम्बन्ध, सदस्यको भूमिका तथा जिम्मेवारी लगायतका विषयमा विस्तृत छलफल भएको थियो । साथै, हालै जारी भएको सहकारी अध्यादेश २०८१ बारे पनि अन्तरक्रिया गरिएको थियो । कार्यक्रमलाई सदस्य-मैत्री वातावरणमा सफलतापूर्वक सम्पन्न गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत थापाले जानकारी दिनुभयो ।
विभिन्न खेलमा सहभागी पशुपति लामा, विन्दु महत, तारा अधिकारी तथा बालबचतकर्ता अबिराज थापा र इशिका के.सी.ले विभिन्न पुरस्कारहरु जित्नु भएको थियो ।
समुदायमा आधारित एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लि.ले बचत र कर्जा प्रभाव गर्नुका साथै सदस्यमैत्री कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।