क्रोएसियामा सोनाम ल्होछार विशेष कार्यक्रमलाई सहयोग गर्ने व्यक्ति तथा संस्था सम्मानित


क्रोएसिया । तामाङ समाज क्रोएसियाद्वारा आयोजित सोनाम ल्होछार विशेष कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि भौतिक र आर्थिक रुपमा सहयोग गरि महत्वपूर्ण भूमिका निर्वाह गर्ने संघसंस्था तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको छ ।
सोनाम ल्होछार २८६१ डुल/ ल्हो सा पुख्री सर्प वर्गको विशेष कार्यक्रमको अवधिमा समय अभावको कारण सम्मान कार्यक्रम छुटेकोले पुन: एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा चियापान कार्यक्रम हिजो सम्पन्न गरिएको तामाङ समाज क्रोएसियाले जनाएको छ ।
कार्यक्रम क्रोएसियाको राजधानी जाग्रिब स्थित Ulica pavla Hatza 16 10000 क्याफेमा सम्पन्न भएको हो ।
तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाश चन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रमलाई महासचिव विशाल योञ्जनले सञ्चालन गरेका थिए । एनआरएनए क्रोएसियाका अध्यक्ष सुर्यबहादुर थिङ (साइमन लामा) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
ल्होछार विशेष कार्यक्रममा स्वयंसेवकको रुपमा अर्जुन मोक्तान अविरलको संयोजकत्वमा २० जनाको स्वयंसेवक टोलीले कार्यक्रमलाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गरिएको थियो ।

सम्मानित हुने संघसंस्था तथा व्यक्तित्वहरू:
- एनआरएनए क्रोएसियाका अध्यक्ष सुर्यबहादुर थिङ (साइमन लामा)
- युवा समाजसेवी एवं आप्पा कम्पनीका मुख्य प्रबन्धक निर्देशक दावा लामा
- शेर्पा समाज क्रोएसियाको उपाध्यक्ष डाकी शेर्पा
- गुरुङ समाज क्रोएसियाका कार्यवाहक अध्यक्ष सन्तोष गरुङ
- व्यवसायी तथा समाजसेवी सविन काफ्ले
- व्यवसायी तथा समाजसेवी पासाङ योञ्जन
- हिमगिरि रिक्रुटमेन्ट एजेन्सी (HIMGIRI RECRUITMENT AGENCY) सञ्चालक युवराज कार्की
- व्यवसायी तथा समाजसेवी रेजिना राई
- व्यवसायी तथा समाजसेवी सन्तोष भुजेल
- बुद्ध मार्ट जाग्रेबका सञ्चालक एवं समाजसेवी विकास मेचे
- काठमाडौं मार्ट
- थकाली भान्छा घरका सञ्चालक अनिल सापकोटा
- ग्लोबिरो ग्लोबल बिरो स्टिनाईक स्पिल्ट एवं क्रोएसियाका व्यवसायी पुकार तामाङ
- युरो सञ्चारका सम्पादक विनोद अधिकारी
- POID HUB DIGITAL का गगन तामाङ
- सैलुङ अनलाईनका प्रबन्धक नवराज योञ्जन
- व्यवसायी तथा समाजसेवी ब्राभो कुवँर
- गोर्खा मार्टका सञ्चालक एवं समाजसेवी सुजन पौडेल
- व्यवसायी हनिफ हुसानी
- एनआरएनए क्रोएसियाकी महिला उपाध्यक्ष तथा समाजसेवी रञ्जना चौहान
- मोना क्रोएसियाका प्रतिनिधि सपना जुकज्याली
- समाजसेवी आइसिं तामाङ
- बिजनेसमेन पब्लिक सर्भेन्ट विक्रम सिं
- जनप्रतिनिशील मन्चका अध्यक्ष लोबसाङ लामा
- BA (Co) ELW HRM प्रा.लि. का विष्णु अधिकारी
- सुदुरपश्चिमेली समाजका बासु ओझा
- समाजसेवी रह्यान
- समाजसेवी विर बहादुर तामाङ
- समाजसेवी सनु दोङ तामाङ
- समाजसेवी अभिसेक प्रसाई
- समाजसेवी पिन्टो क्षत्री
- लावेश सुनुवार
- तामाङ समाज क्रोएसियाका फुटबल कप्तान सुरेन्द्र योञ्जन
- समाजसेवी नगेन्द्र तेलिसाह
- समाजसेवी झलक मगर
- तामाङ समाज क्रोएसियाका सल्लाहकार निङमार घिसिङ
- शान्ति योञ्जन
- गोपाल मोक्तान
- हरि दोङ तामाङ
- दिपक तामाङ
- रमेश ब्लोन
लामागुरु कमल योञ्जन, यातायातमा सहयोग गर्ने तामाङ समाज क्रोएसियाका उपाध्यक्ष सञ्जय तामाङ, कलाकारहरू बुद्ध लामा, क्यालिआना तामाङ, दिपा गोले, सलोमी तामाङ, ग्याल्छेन तामाङ, जीवन छोयङ्ग तामाङ, सुजिता तामाङ, सलोमी पाख्रिन तामाङ, शिरिशा चोदेन तामाङ, ग्याल्छेन तामाङ, राजेन्द्र तामाङ, विवश घिसिङ तामाङ, सबिता तामाङ, नोर्बु तामाङ, विशाल योञ्जन तामाङ, राजेन्द्र घलान तामाङ, जीवन घलान तामाङ, सोमती तामाङ, शर्मिला पाख्रिन तामाङ, अञ्जली माया तामाङ, माया थोकर, बिजय पाख्रिन, सनेत लामा र डिओपी ब्यान्डलाई खादा र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
त्यस्तै ल्होछार विशेष कार्यक्रमको सञ्चालन एवं सहजीकरण गर्ने सुकबहादुर तामाङ, दिपक तामाङ र अमृता स्याङ्तानलाई समेत सम्मान गरिएको थियो ।
तामाङ समाज क्रोएसियाले प्रवासमा कार्यरत तामाङ समुदायलाई एकत्रित गर्ने, सांस्कृतिक पहिचान जोगाउने, आपसी सहयोग प्रदान गर्ने र नेपाली समुदायबिच भाइचारा बढाउने कार्यक्रम गर्दै आएको छ ।