रोशी मा.वि.को ५२ औं वार्षिकोत्सब सम्पन्न

अशोक बुद्ध लामा

राेशी । रोशी मा. वि. को ५२ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले सैद्धान्तिक ज्ञान मात्रै नभइ व्यवहारिक ज्ञानमा पनि ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । स्थानिय सरकारले शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष लामाले अबको शिक्षा प्रमाणपत्र पाउने मात्रै नभइ व्यबहारिक हुनुपर्नेमा समेत जोड दिनुभयो । बस सेवा संचालनको लागि व्यक्तिगत रुपमा ३० हजार नगद समेत प्रदान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रोशी गाउँपालिका वडा नं. ७ का अध्यक्ष अशोक गौतमले रोशी मा.वि स्थापनादेखि नै चुनौती रहेको र चुनौतीको सामाना गर्दै आएको कुरा सम्झनुभयो, विद्यालयको भवन स्थापनाको लागि जग्गाको आवश्यकता भएको र निजी जग्गा खरिदको लागि जग्गा हेर्ने काम भइरहेको बताउनुभयो । अध्यक्ष गौतमले रोशी मा.वि पालिकाकै उत्कृष्ट विद्यालय बन्न सफल रहोस् भन्ने कामना गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै रोशी गाउँपालिका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहालले विभिन्न संकटमा पनि कक्षा संचालन भएको विद्यालयले राष्ट्र निर्माणका लागि उपयोगी जनशक्ति निर्माण गर्ने बताउनुभयो । दाहालले फरक क्षमताभएको विद्यार्थीलाई उपयुक्त तरिकाले शिक्षण गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार श्रेष्ठले ५२ औं वार्षिकोत्सब मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘विद्यालय आफ्नो कार्यकालभित्र भौतिक र शैक्षिक उपलब्धि गर्ने हाँसिल गर्न प्रतिबद्ध छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै इलाका प्रहरी कार्यालय प्रमुख कृष्ण गिरीले बच्चा विहाना उठेदेखी बेलुका नसुतेसम्मा के गरिरहेको छ संगत कस्तो संग छ भन्ने विषयमा अभिभावक संवेदनशील बन्नुपर्ने बताउनुभयो । कुलतमा लाग्न सक्ने जोखिम रहने सक्ने सम्भावना रहने बताउनुभयो । गिरीले बालबालिकालाई राम्रो अंक मात्रै होइन राम्रो संस्कार दिनमा जोड दिनुपर्ने बताउँदै राज्यको तर्फबाट गर्नुपर्ने सबै कुरामा प्रहरी तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले सामाजिक समस्या तथा विकृतिको अन्त्य गरौँ । आधुनिक सभ्य समाजको निर्माणमा अघि बढौं । भन्ने नारा सूचनापाटीमा टाँस गर्दै विभिन्न सामाजिक विकृति र समस्याको सचित्र प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *