क्षेत्री समाज नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा संगम थापा मनोनित

बनेपा । क्षेत्री समाज नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा युवा समाजसेवी एवं व्यवसायी  संगम थापा मनोनित भएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा खस क्षेत्री समाज नेपालले काठमाडौंमा एक विशाल कार्यक्रमकाबिच काभ्रेपलाञ्चोक अध्यक्षको जिम्मेवारी थापालाई तोकेको हो ।

काभ्रेपलाञ्चोकको समृद्धि र शान अभिवृद्धि गर्ने महान लक्ष्यका साथ क्षेत्रीय समाज काभ्रेपलाञ्चोकको नेतृत्व आफूले गर्ने नवनिर्वाचित अध्यक्ष थापाले बताएका छन् । सामाजिक विकास, आर्थिक उन्नति र सामुदायिक सशक्तीकरणका लागि समर्पित हुँदै काभ्रेपलाञ्चोक जिल्लामा सकारात्मक नतिजा ल्याउन मर्यादित रुपमा लाग्ने थापाले प्रतिबद्धता जनाएका छन् ।

काठमाडौं पेप्सिकोला स्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रम बागमती प्रदेश संयोजक श्याम कार्कीको सभापतित्व र क्षेत्री समाज नेपालका अध्यक्ष रित बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष लेख बहादुर कार्की तथा सञ्चालक रामेश्वर थापा लगायत देशभरिबाट आएका क्षेत्री समुदायका प्रतिनिधिहरूको  बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम ‘राष्ट्रिय अखण्डता र जातिय सद्भाव, क्षेत्री एकता आजको आवश्यकता’ भन्ने नारालाई आत्मसात गर्दै आयोजना गरिएको थियो । प्रजातन्त्र दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा अग्रज व्यक्तित्वहरू, केन्द्रिय सदस्य एवं पदाधिकारीहरूलाई सम्मान समेत गरिएको थियो ।

क्षेत्रीहरूले नेपालको लामो इतिहासमा पुऱ्याएको योगदान, समर्पण र बलिदानको स्मरण गर्दै समुन्नत समाजम निर्माणमा योगदान गर्ने प्रयोजनका लागि सांगठनिक रुपमै एकताबद्ध भइ अगाडि बढिएको क्षेत्री समाज नेपालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *